हेटौडा उपमहानगरपालिकाका विजयी जनप्रतिनिधीलाई जनतालाई धन्यबाद दिन भ्याइ नभ्याइ
हेटौडा उपमहानगरपालिकाका विजयी जनप्रतिनिधीलाई जनताको घरदैलोमा गई धन्यबाद दिन भ्याइ नभ्याइ भएको छ ।
हेटौडा उपमहानगरपालिकाको मेयरमा बिजयी हरिबहादुर महत र उपमेयरमा बिजयी मिना लामालाई आम मतदाताको घरमा पुगेर धन्यबाद दिन भ्याइ नभ्याइ भएको हो ।
स्थानिय तहको बैशाख ३१ गते भएको चुनाबमा आम मतदाताहरुको अमुल्य भोटले आफु विजयी भएको भन्दै हेटौडाका धेरैजसो वडाका टोल टोल र घर घरमा गएर मतदातालाई धन्यबाद दिइरहेको नब निर्बाचित मेयर हरिबहादुर महतले बताउनुभयो ।
११ गते देखि अहिले सम्म हेटौडाको १, २, ३, ४, ५, ६, ७, ८, ९, १२, १३, १४, १५, १६, १७ र १८ नम्बर वडाका मतदातालाई टोल टोलमै पुगेर धन्यबाद दिईसकिएको उहाँले बताउनुभयो ।
सबै मतदाताहरुलाई धन्यबाद दिने काम सकिए लगतै केहीदिनमै उपमहाँनगरपालिकाको कामलाई प्राथमिकता दिएर अघि बढ्ने उहाँले बताउनुभयो । यता हेटौडाका १९ वटै वडाका वडा अध्यक्ष र वडा सदस्यहरु पनि आफ्ना मतदाताहरुलाई धन्यबाद दिनका लागि घरघरमा पुगेका छन् ।
यस्तै मकवानपुरको भिमफेदी गाउँपालिकाका नबि निर्बाचित अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्बति राना मतदातालाइृ धन्यबाद दिनका लागि आफ्नो गाउँपालिकाको गाउँगाउँमा पुग्नु भएको छ ।
बैशाख ३१ गतेको निर्बाचनको मतगणना सकिए लगतै अध्यक्ष र उपाध्यउक्षमा बिजयी भएपछी आम मतदातालाई धन्यबाद दिनका लागि गाउँ गाउँमा पुग्नु भएको हो ।
आम मतदाताहरुको मतबाट नै चुनाब जितेकाले गाउँगाउँमा गएर मतदातालाई घरदैलोमा नै पुगेर धन्यबाद दिइएको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताउनुभयो ।
अहिले सम्म यस गाउँपालिकाको ईपा, कोगटे, भिमफेदी, निबुवाटार, भैसे लगायतका गाउँमा गएर मतदातालाई धन्यबाद दिइएको उहाँले बताउनुभयो ।