गणतन्त्र दिवस सोमबार मकवानपुरमा पनि भब्य रुपमा मनाइदै

छहारी संवाददाता
जेष्ठ १५, २०७४

हरेक वर्ष जेठ १५ गते मनाइने गणतन्त्र दिवस भोली सोमबार मकवानपुरमा पनि भब्य रुपमा मनाउने तयारी गरिएको छ ।
गणतन्त्र दिबस मुल समारोह समिति मकवानपुरले यो दिबस भब्य रुपमा मनाउने निर्णय गरेको हो । जेष्ठ १५ गते विहान सात बजे हेटौडाको मुख्य चोक सिमाचोकमा भेला भई प्रभातफेरी गर्दै जिल्ला समन्वय समितिको सभा हलमा गएर प्रवचन कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय भएको जिल्ला विकास समिति मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले बताउनुभयो ।
कार्यक्रममा जिल्लास्थित राजनीतक दल र भातृसंगठन, सरकारी, गैर सरकारी तथा विभिन्न सामाजिक संघसंस्थामा कार्यरत सम्मूर्ण राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षा निकाय, श्रमिक, व्यापारीक प्रतिष्ठानका ब्यक्तित्वहरु कार्यक्रममा सहभागि हुने थापाले बताउनुभयो ।
गणतन्त्र दिबस मनाउने तयारीका विषयमा छलफल गर्न निमित्त स्थानीय विकास अधिकारी एवं प्रमुख जिल्ला इन्जिनियर सोमराज तिमिल्सेनाको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा निमित्त प्रमुख जिल्ला अधिकारी हरीप्रसाद पन्त, नेपाली कांग्रेसका विष्णु लामिछाने, एमालेका सचिब एकलाल श्रेष्ठ, माओबादीका कमान सिंह पाख्रिन नेकपाका विनोद रिजाल, नया शक्तिका जिवनमान मोक्तान, डिसपी बामदेव गौतम लगायतकाको उपस्थिति रहेको थियो ।
गणतन्त्र दिवस भव्यताका साथ सम्पन्न गर्नका जेठ १४, १५ र १६ गते तिनै दिन साँझ सबै सरकारी तथा गौह्सरकारी कार्यालय, संघ संस्थाहरुमा दिपावली गर्ने, सम्पूर्ण निजामति कर्मचारीहरु र सुरक्षा निकायलाई अनिबार्य उपस्थितिको लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने लगायतका निणयहरु भएको हो । त्यसैगरी जेठ १६ गते हेटौडाको बुद्धचोकमा रक्तदान गर्ने कार्यक्रम समेत रहेको छ  

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*