राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद्मा नीति तथा कार्यक्रम पेश

छहारी संवाददाता
जेष्ठ १२, २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले आजको व्यवस्थापिका–संसद् बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ । बैठकमा राष्ट्रपतिले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।
सरकारले पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै नीति तथा कार्यक्रम ल्याएको हो । पहिलो चरणको स्थानीय तहको निर्वाचन सकिए पनि दोस्रो चरणको निर्वाचन बाँकी रहेकाले निर्वाचन आचारसंहिता लाग्ने हुँदा सरकारले पुरानै कार्यक्रम समावेश गरेर नीति तथा कार्यक्रम ल्याएको हो । संविधानमा जेठ १५ गते बजेट ल्याउने संवैधानिक व्यवस्था रहेको र निर्वाचन आचारसंहिता लागिरहेकाले नयाँ कार्यक्रम नल्याएको हो ।
सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिय गौरवका आयोजना, ठूलो जलविद्युत परियोजना, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटनलगायतका मन्त्रालयले यसअघि तय गरेर काम भइरहेका कार्यक्रमलाई नै सरकारले निरन्तरता दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*