आधुनिक प्रेम, अनैतिक यौन सम्बन्ध र यसको असर

छहारी संवाददाता
जेष्ठ ११, २०७४

दिपक सिंह रुम्बा
प्रेम भन्ने शब्द संसार भर चर्चित र सबैको मन मुटुमा बसेको शब्द हो । भनिन्छ सारा संसार नै प्रेममा अडिएको हुन्छ । प्रेम बिना कुनैपनि अस्तित्वको अर्थ हुँदैन । अर्थात प्रेम सबैसंग हुनु जरुरी छ । अनि सच्चा हुनु पनि जरुरी छ । समयसंगै प्रेम अनि प्रेम गर्ने तरिका पनि परिवर्तन हुँदै गएको छ । जस्तै हाम्रो बाजेको पालामा गर्ने प्रेम अनि अहिले आधुनिक जमानाको प्रेममा धेरै अन्तर छ । पहिलाको प्रेममा बिस्वास, माया, त्याग, बलिदान अनि समर्पण हुन्छ माया देखाउन अनि बिस्वास दिलाउन हर मूल्य चुकाउन तयार हुन्थे भने अहिलेको प्रेममा माया देखाउन शरीर भोग र बिस्वास दिलाउन यौन कृडाले बढी प्राथमिकता पाएको हुन्छ । थुतुनो र मुतुनो जोडिदैमा त्यसलाई प्रेम भन्न मिल्दैन । प्रेम भन्ने शब्द सुन्दा जति मिठो र प्यारो छ उति नै प्रयोग र बुझ्न नसके तितो र घातक पनि छ । तै पनि यो शब्द युवाअबस्थाको प्यारो र धेरै प्रयोग गरिने शव्द हो । यही प्रेम भन्ने शब्द कुनै पल बाँच्ने आधार बन्छ भने कुनै पल मृत्युको कारण पनि बनेको छ ।
वर्तमान समयमा प्रेमलाई निकै हल्का रुपमा लिने गरेको पाईन्छ । प्रेमलाई देखावटी र फेसनको रुपमा प्रयोग गर्नेको संख्या पनि तीब्र रुपमा बढिरहेको छ । यसले वास्तविक र साँचो प्रेमलाई उपहास गरेको छ । तन्नेरी उमेरमा बिपरित लिंगप्रति आकार्षण हुन्छ र प्रेम मौलाउन थाल्दछ । रुप र रंग देख्दैमा मौलाएको प्रेमलाई वास्तबिक र साँचो प्रेमको संज्ञा दिन सकिँदैन । साँचो प्रेम कहालिनको लागि मन, भावना, व्यवहार र संस्कार पनि साटासाट गरिनु पर्दछ । यसरी मन, भावना, व्यवहार र संस्कार अर्को व्यक्ति चाहे समान लिंग पुरुष—पुरुष बीच स्त्री—स्त्री बीच नै किन नहोस समान बन्न पुग्छ भने ती दुई बिचको प्रेम वास्तबिक र साँचो बन्न पुग्छ । तर एकजना किशोर र एकजना किशोरी बिच भौतिक देखादेख हुनै बित्तिकै स्फूर्त हुने प्रेम साँचो वा वास्तबिक हुन सक्दैन । त्यसरी एक पटक भेट भएपछि बारम्बार भेट हुँदै जानु र पछि उनीहरुको मन भावना, व्यवहार र संस्कार मिल्न जान्छ भने त्यो प्रेमले त्यतिखेर वास्तविक प्रेम र साँचो प्रेमको रुप लिन सक्छ ।
आजभोलीका युवायुवातीको प्रेम रुप, रंग र शारिरीक बनावटलाई प्राथामिकता दिएर लगाईन्छ । त्यतीमात्र होईन पारिवारीक उच्च पृष्ठभुमी र धन सम्पतीसंग प्रेम गर्नेको प्रशस्त उदाहरण पनि देख्न सकिन्छ । अनि त्यो भन्दा पनि निच आफ्नो क्षणिक यौन चाहना पुरा गर्नको लागि पनि प्रेमको नाटक समेत गरेको पाईन्छ । हरेक दिन बलात्कार र हत्याको समाचार आईरहेको हुन्छ । अनि युवा जमातले आत्महत्या गरेको घटना पनि बढ्दो क्रममा छ । कुनै पनि नकरात्मक सोच वा अपाराध चिताएकाहरुले केही समयको योजना सहित नक्कली प्रेमको नाटक गर्दछ । यसरी आफ्नो स्वार्थ पुरा गर्न गरेको नक्कली प्रेममा आफ्नो स्वार्थ पुरा भएपछि अप्ठ्यारोमा पर्नसक्ने प्रतिकुल अबस्था आएपछि उनीहरु त्यो सम्बन्धलाई तोड्न खोज्छ तर अर्को पक्ष (साँचो प्रेम गर्ने) तत्पर नभएपछि हत्या जस्तो जघन्य अपराध गर्न पनि पछि पर्दैन स्वार्थी प्रेम गर्नेहरु । कयौंले यस्तै नक्कली प्रेममा धोका खाएर आफ्नो सर्वस्व गुमेको ठानी विकल्पको बाटो नभेटेपछि आत्महत्याको बाटो रोज्न समेत बाध्य भएका छन । जसकारण हत्या र आत्महत्याको क्रम बढेको छ ।
यस्ता स्वार्थी प्रेमलाई नै गणतान्त्रिक प्रेम भनिन्छ । यसो भन्नुको अर्थ प्रेमलाई राजनीतिकरण गर्न खोजेको हैन । जसरी गणतान्त्रिक नेपालका नेताहरुले नेपाल आमालाई बलत्कार गरी चिथोरी चिथोरी अस्मिता लुटिरहेको छ र आफ्नो स्वार्थ पूरा गरिरहेको छ त्यसरी नै एक प्रेमिले अर्को प्रेमिको हालत त्यस्तै बनाएको छ त्यसैले यसलाई गणतान्त्रिक प्रेम भनेको हो । नेपालका नेताहरुले जसरी जे बोल्दा र गर्दा पनि छुट पाएका छन उसैगरी अहिलेका युवायुवतीमा गल्ली–गल्ली र चौक–चौकमा प्रेमको बेमौसमी बाजा बजाउन छुट पाएको छ । प्रेम जताततै पोखाउँछन, छरपस्ट फिँजाउँछन अनि कौँडीमा बिकाउँन छुट पाएको छ। जुन क्रियाकलाप भावि समाज र सन्ततिको लागि अतुलनिय र अपुरणिय घातक बन्न जानेछ । हुन त प्रेम गर्नु पाप होईन र समाजको कलंक पनि होईन तर प्रेमको नाममा आजभोली जे जस्तो प्रबृती आईरहेको छ त्यो एक सोचनिय बनेको छ समाजमा । किनकि सम्बन्ध होस सिमितसंग होस । गोप्य रुपमा होस । ताकी अनैतिक यौन सम्बन्ध खुलेआम नहोस । हो जीवन यौन आवश्यक छ तर आवश्यक छ भन्दैमा जहाँपनी जोसंगपनी खुलेआम नहोस किनकी भावि पुस्ताले हरेक कुरा अग्रजबाट नै सिक्छ ।
युवाहरुको यस्ता व्यवहार आजाका सानासाना वालवालिकाहरुलाई गलत सन्देश बन्दै गएको छ । अनि गलत कुरा सिक्ने स्रोत बनेको छ । ती किशोर अबस्थामा लाग्ने बेला भएका बालबालिकाहरुले अग्रज युवाहरुको व्यवहारबाट के-के सिक्दैछन भने : केटाले केटी साथी र केटीले केटासाथी बनाई बजारको सडक–सडकमा अंगालो मारी वा कुममा कुम जोडी हिँड्नु पर्दछ । शहरमा खोलिएका साईबरहरुमा छिरेर चुम्बन गर्नु पर्दछ र शारिरीक स्पर्शको अनुभव लिनु पर्दछ । यौनसम्पर्क सामान्य कुरा हो सबैसँग गर्दा हुन्छ । कुनै राम्रो केटा अथवा केटि देखेमा त्यसलाई पट्याउनु पर्छ । प्रेमको नाटक गरेर यौनसम्पर्कलाई मनोरञ्जनको पाटो बनाउनु पर्छ। अनि त्यती मात्र होईन पश्चिमी संस्कारको नक्कल गर्दै कुनै पार्कमा, सहरको लजहरुमा छिरेर अनुचित र अप्राकृतिक यौन सम्बन्ध बिस्तार गर्नुपर्छ । यो त केही उदाहरण मात्र हुन अझै धेरै सिकेका छन अग्रज युवायुवतीहरुबाट । यो बिकृतीलाई बेलैमा निर्नुल गर्न सकेन भने मानवता नै संकटमा पर्ने छ । साँचो प्रेम गर्ने कलंकीत बन्ने छ । यौनकृडा फेसन बन्ने छ । नातासम्बन्ध हराउनेछ । बिस्वस र सत्यता इतिहासमा सिमित रहनेछ ।
यसरी समजामा नक्कली प्रेम अनि गलत कृयाकलाप हुनुमा दुबै पक्ष उत्तिकै जिम्मेवार हुन्छ । नक्कली प्रेमको झड्काले पुरुष भन्दा स्त्री बढिमात्रमा पिडित भइएको पाईन्छ । यस्तो हुनुमा स्त्रीहरुले लगाउने लुगापनि यसको कारण हुन। किनकी पारादर्शी अनि अर्धनग्न परिरनले पनि आबस्यकता भन्दा बढि उत्तेजना र नकरात्मक भावनाको विकास भएको देखिन्छ । एक जवान केटिको हरेक अंग नै स्पष्ट देखेपछी केटाहरुको मस्तिष्कमा सच्चा प्रेम नभइ क्षणिकको मज्जा, यौन प्यास र शारीरिक उपभोगको चाहना उग्र भएर आउँछ अनि परिस्थितिले गलत मोड लिन सक्छ । आजकालका किशोरीहरु सकेसम्म जीउलाई नंग्याएर हिँड्न चहान्छन । गर्धनभन्दा तल जतिसक्दो धेरै र तिघ्राभन्दा माथी जतिसक्दो माथीसम्मको छाला सेतै देखियोस भन्ने चहाना युवातीहरुमा बढी देखिन्छ । जसले युवाको मनलाई चुम्बकले आकर्षण भए झैँ टासियोस भन्ने धेया राखेका हुन्छन । हुन त आकर्षण त हुन्छ तर गलत नियत र गलत उपभोगको लागि नजिक हुन्छन । त्यस कारण सम्पुर्णले पहिरनमा हैन आफ्नो इमानदारीतामा अघि हुनुपर्छ भन्ने कुरामा जोड दिनु छोटो पहिरन लगाउदा साँचो भन्दा गलत नजर पर्छ ।
(लेखक सञ्चारकर्मी हुन)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*