राससमा महाप्रबन्धकमा पत्रकार ओपेन्द्र शर्मा नियुक्त
राष्ट्रिय समाचार समिति राससमा महाप्रबन्धकमा पत्रकार ओपेन्द्र शर्मा नियुक्त हुनु भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई नियुक्त गरेको हो ।
गत माघ ६ गतेदेखि राससको महाप्रबन्धक पद रिक्त थियो । त्यस्तै सरकारले निर्यात तथा प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशकमा शरदविक्रम राणालाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद् बैठकले बूढीगण्डकी इन्जिनियरिङ प्रोक्यरमेन्ट कन्स्ट्रक्सन ढाँचामा अघि बढाउने सम्झौतापत्र तयार गर्न अर्थ मन्त्रालयलाई स्वीकृति समेतदिएको छ ।