संसद् बैठक सुरु हुन ढिलाइ,बैठक चल्न नदिने एमालेको तयारी
संसद् बैठक सुरु हुन ढिलाइ भएको छ । सरकारले गैरसंवैधानिक रूपमा स्थानीय तहको संख्या थप गरेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले बैठक चल्न नदिने तयारी गरेपछि बैठक सुरु हुन ढिलाइ भएको हो ।
सरकारको पछिल्लो निर्णयसँगै देशभर स्थानीय तहको संख्या बढेर सात सय ६६ पुगेको छ ।
आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने र र राजीनामाको घोषणा गर्ने भनिए पनि बैठक चल्ने टुंगो लागेको छैन ।
अहिले संसद् भवनमै प्रधानमन्त्री लगायतका शीर्ष नेताको बैठक बसिरहेको छ ।