स्थानीय तहको संख्या ७६६ पुग्यो, कहाँ कति थपिए ?

छहारी संवाददाता
जेष्ठ ९, २०७४

सरकारको पछिल्लो निर्णयसँगै मुलुकमा महानगरपालिकाको संख्या ६ पुगेको छ । देशभर स्थानीय तहको संख्या पनि बढेर सात सय ६६ भएको छ । यसअघि काठमाडौं, ललितपुर, भरतपुर, पोखरा–लेखनाथ महानगरपालिका थिए ।
सरकारले वीरगन्ज र विराटनगरलाई उपमहानगरपालिकाबाट महानगरपालिकामा स्तरोन्नति गरेको छ । बेल्वा गाउँपालिकालाई गाभेर वीरगञ्जलाई महानगर बनाउने निर्णय भएको हो । यस्तै, विराटनगरमा बुढीगंगा गाउँपालिकाको वडा नम्बर १, २ र ३ (साविकको टंकी सिनवारी गाविस) तथा जदाह गाउँपालिकाको एक वडालाई गाभेर महानगरपालिका बनाइएको छ ।
कहाँ कति थपियो ?
सर्लाही – ३
नवलपरासी – ३
रुपन्देही – ३
कपिलवस्तु – ३
सुनसरी – २
पर्सा – २ पर्साको एउटा स्थानीय तह वीरगञ्ज महानगरमा गाभिएकाले एक मात्र बढ्ने)
रौतहट – २
बारा – १
सप्तरी – १
धनुषा – १
बाँके – १
कैलाली – १

कहाँ गाउँपालिका बने नगरपालिका
सरकारले रौतहटका ११ सहित २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गरेको छ । महोत्तरीका तीन, बाँके, रुपन्देही र झापाका दुई–दुई गाउँपालिकालाई नगरपालिका बनाइएको छ । सिरहा, धनुषा, बारा र कैलालीका एक–एक गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*