शान्तिप्रियालाई राष्ट्रिय चलचित्र पत्रकारीता पुरस्कार बाट सम्मान

छहारी संवाददाता
जेष्ठ ९, २०७४

१८ औं चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघ, नेपालको मकवानपुर शाखाले संघका निवर्तमान अध्यक्ष शान्तिप्रियालाई राष्ट्रिय चलचित्र पत्रकारीता पुरस्कार बाट सम्मान गरेको छ ।

संघले बिगतका लामो समयदेखी निरन्तर चलचित्र पत्रकारीता लाग्दै चलचित्र पत्रकारीतालाई अगाडि बढाउन महत्वपुर्ण भुमिका खेलेको भन्दै उनलाई उक्त पुरस्कार सहित सम्मा गरेको हो ।
त्यस्तै उक्त कार्यक्रममा चलचित्र पत्रकारीतामा सक्रिय रहेका अन्य पत्रकारहरुलाई समेत सम्मान गरिएको थियो । उक्त पत्रकारीता पुरस्कारबाट हेटौडाको टिम टेलिभिजनमा कार्यरत कपिल खड्का र कलाकारीता सम्मानबाट कलाकार भोलाराज सापकोटालाई सम्मानित गरिएको थियो ।
शान्तिप्रियलाई नगद ११ हजार १ सय ११ राशी सहति सम्मानपत्रका साथ सम्मान गरिएको थियो । उनलाई शाखा अध्यक्ष मनिराज गौतम, प्रमुख अतिथि नरेन्द्र महर्जन र विशिष्ट अतिथि प्रदीप उदयले दोसल्ला र ढाकाटोपी लगाइदिँदै सम्मान गरे ।

त्यस्तै, पत्रकार खड्का र कलाकार सापकोटालाई नगद राशी ५ हजार सहित ताम्रपत्र, दोसल्ला र ढाकाटोपी मार्फत पुरस्कृत गरिएको थियो ।
आईतबार १८ औं पत्रकारिता दिवसको दिनमै चलचित्र पत्रकार संघ केन्द्रले पनि एक कार्यक्रमका बिच राजधानीमा बिभिन्न मिडियामा आवद्ध चलचित्र पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत गरेको थियो ।

१८ औं चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघ, नेपालको मकवानपुर शाखाले संघका निवर्तमान अध्यक्ष शान्तिप्रियालाई राष्ट्रिय चलचित्र पत्रकारीता पुरस्कार बाट सम्मान गरेको छ । संघले बिगतका लामो समयदेखी निरन्तर चलचित्र पत्रकारीता लाग्दै चलचित्र पत्रकारीतालाई अगाडि बढाउन महत्वपुर्ण भुमिका खेलेको भन्दै उनलाई उक्त पुरस्कार सहित सम्मा गरेको हो । 

 

त्यस्तै उक्त कार्यक्रममा चलचित्र पत्रकारीतामा सक्रिय रहेका अन्य पत्रकारहरुलाई समेत सम्मान गरिएको थियो । उक्त पत्रकारीता पुरस्कारबाट हेटौडाको टिम टेलिभिजनमा कार्यरत कपिल खड्का र कलाकारीता सम्मानबाट कलाकार भोलाराज सापकोटालाई सम्मानित गरिएको थियो ।

 

 

शान्तिप्रियलाई नगद ११ हजार १ सय ११ राशी सहति सम्मानपत्रका साथ सम्मान गरिएको थियो । उनलाई शाखा अध्यक्ष मनिराज गौतम, प्रमुख अतिथि नरेन्द्र महर्जन र विशिष्ट अतिथि प्रदीप उदयले दोसल्ला र ढाकाटोपी लगाइदिँदै सम्मान गरे । त्यस्तै, पत्रकार खड्का र कलाकार सापकोटालाई नगद राशी ५ हजार सहित ताम्रपत्र, दोसल्ला र ढाकाटोपी मार्फत पुरस्कृत गरिएको थियो ।

 

 

आईतबार १८ औं पत्रकारिता दिवसको दिनमै चलचित्र पत्रकार संघ केन्द्रले पनि एक कार्यक्रमका बिच राजधानीमा बिभिन्न मिडियामा आवद्ध चलचित्र पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत गरेको थियो ।

– See more at: http://www.cinechautari.com/details.php?detail=1088#sthash.HGV0uUy8.dpuf

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*