गृहराज्यमन्त्री बानियाँलाई मकवानपुरे स‍ंचारकर्मीको खुल्ला पत्र !

छहारी संवाददाता
जेष्ठ ८, २०७४

स‍ंचारकमी दिपक सिंह रुम्बा आफ्नो फेसबुक पेजमा लेखछन् ‍-

गृहराज्यमन्त्रीलाई खुल्ला पत्र !
——————————————–
माननीय गृहराज्यमन्त्री ईन्द्र बानियाँ ज्यु ।
मकवानपुरे नमस्कार ।
—————————————
सर्वप्रथम त समय अनुसारको मकवानपुरे अभिवादन । हामिले गर्व गर्नुपर्ने कुरा हो हामिले मकवानपुरबाट जिताएका ब्यक्ति गृहराज्यमन्त्री पाएका छौँ । तर टिकापुर घट्नाको दोषीलाई आम माफी दिन्छु र जो कोहि जति उफ्रेपनी केहिहुन्न भन्ने तपाईको अभिव्यक्ति देश र जनताको हित बिपरित छ । तपाई एउटा गृहराज्यमन्त्री जस्तो जिम्मेवार पदमा बसेर निर्दोष प्रहरीलाई जिउँदै जलाउने, भाला रोपेर मार्ने र निर्दोष बालकलाई मार्ने क्रूर अपराधीलाई काँधमा बोकेर सति जान हामिले जिताएर पठाएको हैन । जनताको हक अधिकारलाई सुनिश्चित गरि सुशासन र सुब्यबस्था कायम होस भन्ने मनसायले सबैले अमुल्य मत दिएर जिताएको जानकारी गराउन चाहन्छु । कानुन हातमा लिएर निर्दोष जनताको प्राणमाथी धावा बोल्ने अपराधीलाई संरक्षण गर्ने बिचार दिमागमा ल्याउनु अघि अलिकति पनि त्यो क्रुरताले मनमा छोएन तपाईलाई ? माननिय ज्यु तपाईको घरपरिवारमा यदि कसैले यस्तैगरि जिउँदै जलाएर भाला रोपेर र अबोध बालकलाई मारेमा त्यो अपराधीलाई माफी दिन सक्छ ? जवाफ चाहियो माननीय ज्यु। के तपाईले त्यो निर्दोष जनताको रगतमा होलि खेल्ने अपराधीलाई माफी दिएरै छाड्नु हुन्छ ? के क्रूर अपराधीहरुले संधै यसरी नै संरक्षण पाईरहनेछ ? के जनताले संधै अपराधी र राज्यको लागि ज्यानको बलि चाढाई राख्नु पर्ने हो ? के साँच्चै न्याय मरेकै हो त ? के अपराधीलाई स-सम्मान माफी दिनुपर्छ भन्ने तपाईको धारणा हो ? जवाफ खोजेको छ जनताले । यदि सक्नु हुन्छ न्याय देउ पीडितलाई । टिकापुर घट्नाको दोषीलाई कार्वाही गरेर देखाउनु हामी सम्मान गर्छु हजुरलाई एकचोटि निर्दोष जनताको ठाउँमा बसेर कसैको छोरा, कसैको श्रीमान, कसैको दाजु मार्द पर्ने पीडालाई तिनिहरुको ठाउँमा रहेर हेर्नू बुझ्ने कोसिस गर्नु यदि तपाईंको त्यो मनमा थोरै मानवता र संबेदनसिलता छ भने । सक्नु हुन्छ हामिले गर्वगर्न सक्ने देश र जनताको हितमा काम गर्नु हैन भने देश र जनताको हित बिपरित काम गर्ने अधिकार छैन । जनताले सत्ता र सडक दुबै ठाउमा पुर्याउन सक्छ । जनता कमजोर छैन ।
दिपक सिंह रुम्बा
गृहराज्यमन्त्री बन्ने खुड्किलोको एक इट्टा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*