रोकिएको पोखराको मतगणना सोमबार भोलिबाट सुरु हुने

छहारी संवाददाता
जेष्ठ ८, २०७४

कास्की – निर्वाचन आयोगले पोखरा लेखनाथ महानगरपालिकाको रोकिएको मतगणना पुनः सुरु गर्न निर्देशन दिएसँगै सोमबारबाट मतगणना हुनभएको छ ।

केही मतपत्रमा स्वस्तिक छापको आकार ठूलो भएको भेटिएपछि शनिबार बेलुकादेखि मतगणना रोकिएको थियो ।

आइतबार बसेको सर्वदलीय बैठकले निर्वाचन आयोगलाई पत्र लेखेर पठाएपछि आयोगले ठूलो स्वस्तिक छाप भएकै आधारमा मतगणना रोक्न नमिल्दै भन्दै पुनः सुरु गर्न निर्देशन दिएको हो । 

आयोगबाट निर्देशनसहितको पत्र प्राप्त भएको र पत्रको ब्यहोरा सर्वदलीय बैंठकमा जानकारी गराएर सोमबार मतगणना कार्यलाई अघि बढाउने निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*