जापानी राजाले गद्दी त्याग गर्न सक्ने विधेयक पारित

छहारी संवाददाता
जेष्ठ ७, २०७४

जापानको संसद्ले सम्राट् अकिहितोलाई गद्दी त्याग गर्न अनुमति दिने विधेयक पारित गरेको छ । बढ्दो उमेर र स्वास्थ्यका कारण आफूले दायित्व पूरा गर्न नसकेको सम्राट्ले गत वर्ष बताएका थिए । वर्तमान कानुनअनुसार राजगद्दी त्याग्ने र युवराजधिराज नारुहितो राजाको उत्तराधिकारीका विषयमा कुनै व्यवस्था छैन ।

सन् १८१७ मा तात्कालीन शासक कोकाकुले राजगद्दी त्यागेपछि पहिलोपटक अकिहितोले राजकाजबाट बिदा लिन लागेका हुन् । विधेयकलाई संसद्ले पारित गरेको मन्त्रिपरिषद्का मुख्यसचिव योसिहिडी सुगाले बताए ।

सन् १९८९ मा तात्कालीन राजा हिरोहितोको मृत्युपछि अकिहितोको राज्यरोहण भएको थियो । ८३ वर्षीय अकिहितोको मुटुको शल्यक्रिया र प्रोटेस्ट क्यान्सरको उपचार भएको छ । आम जापानीमाझ उनको लोकप्रियता चुलिँदो छ । अगस्टमा एउटा दुर्लभ सम्बोधनमा शारीरिक अवस्थाका कारण भावी दिनमा सम्राट्का रूपमा आफ्नो भूमिकाबारे सोच्न बाध्या भएको बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*