हेटौडा उपमहानगरपालिकाको १२ वटा वडाको मत गनिसक्दा सम्म अहिले नेपाली काग्रेशका मेयरका उमेदवार अगाढी
हेटौडा उपमहानगरपालिकाको १२ वटा वडाको मत गनिसक्दा सम्म अहिले नेपाली काग्रेशका मेयरका उमेदवार अगाढी हुनुहुन्छ भने नेकपा एमालेका उपमेयरका उमेदवार अग्रस्थानमा हुनुहुन्छ ।
नेपाली काग्रेश र माओबादी केन्द्रका गठबन्धनका उमेदवार नेपाली काग्रेशका तर्फबाट मेयरका तर्फबाट आनन्दराम पराजुलीले १४ हजार ७ सय १९ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई पछ्याउँदै नेकपा एमालेका तर्फबाट मेयरका उमेदवार हरि बहादुर महतले १४ हजार ४ सय ८८ मत ल्याउँदै पराजुलीलाई पछ्याउँदे हुनुहुन्छ ।
हिजोको मत गणनामा एमालेका मेयरका उमेदवार अगाढी भएपनि आज भने काग्रेशका उमेदवार अगाढी छन् । यसैगरी राप्रपाका तर्फबाट मेयरका उमेदवार मधु अधिकारीले ४ हजार ५ सय ९७ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उपमेयर पदमा भने नेकपा एमाले अग्रस्थानमा छ ।
नेकपा एमालेका तर्फबाट उपमेयरका उमेदवार मिना लामाले १४ हजार ५ सय ९ मत प्राप्त गर्दै अग्रस्थानमा हुनुहुन्छ । माओबादी र काग्रेशका उपमेयरका उमेदवारलाई मतगणना देखिनै पछी पार्दै आउनुभएकी लामाले आज १२ वडाको मत गणना हुनजेल सम्म यो मत प्राप्त गर्नुभएको हो ।
यसैगरी उहाँलाई पछ्याउँदै माओबादीका उपमेयरका उमेदवार बलराम बलले १० हजार ८ सय ३० मत प्राप्त गर्नुभएको छ । यसैगरी राप्रपाका तर्फबाट उपमेयरका उमेदवार ईन्दीरा न्यौपानेले ५ हजार २ सय ७७ मत प्राप्त गर्नुभएको छ । अहिले भने हेटौडाको ७ र १३ नंम्बर वडाको मतगणना हुँदै छ ।