हेटौडा उपमाहानगरपालीका अन्र्तगत १२ वटा वडाको मत गणना सकिदा ६ वटा वडामा एमाले, ५ वटा वडामा काग्रेस बिजयी

१ वडामा माओवादी केन्द्र बिजयी
छहारी संवाददाता
जेष्ठ ७, २०७४

हेटौडा उपमाहानगरपाली अन्र्तगत १२ वटा वडाको मत गणना सकिदा सम्म ६ वटा वडामा एमाले ५ वटा वडामा काग्रेस बिजयी भएको छ भने १ वडामा माओवादी केन्द्र बिजयी भएको छ ।

१९ वटा वडा रहेको हेटौडा उपमहानगरपालीकामा वडा नम्बर १, ५, १६, ६ र १५ मा काग्रेसले बिजय हासील गरेको छ भने वडा नम्बर २, ३, ४, १७, १८ , १९ मा एमाले र वडा नम्बर १४ मा माओवादी केन्द्र बिजयी भएको छ ।

वडा नम्बर १ मा काग्रेसका सबिन न्यौपाने, वडा नम्बर २ मा एमालेका हरि राउत, ३ मा एमालेका राम कुमार पुडासैनि, ४ मा एमालेका नबिन सिग्दे, ५ मा काग्रेसका राजेस बानिया, १६ मा काग्रेसका राम कृष्ण कोईराला, १७ मा एमालेका भैरब बहादुर राई, १८ मा एमालेका अनिल बानिया र १९ मा एमालेका नबराज सुबेदी, ६ मा अर्जुन प्रसाद चौलागाँई, १४ मा माओवादीका दिपक खडका बिजयी भएका छन भने वडा नम्बर १५ मा कांग्रेशका माहा रत्न लामा बिजयी भएका छन ।

वडा नम्बर १४ मा माओवादी केन्द्रका वडाअध्यक्ष उम्मेदवार दिपक खड्काले जितेका छन् । उनी नगरमा माओवादी केन्द्रबाट खाता खोल्ने पहिलो वडाअध्यक्ष हुन् ।

उनले उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार सानु थिङलाई ५ सय ६२ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । खड्काले कूल १ हजार २ सय ३ मत र थिङले ६ सय ४१ मत प्राप्त गरेका थिए ।

वडा सदस्यहरुमा पनि माओवादी केन्द्रकै चारै जना विजयी भएका छन् । त्यस्तै हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा नेपाली काँग्रेसका महारत्न लामा वडाअध्यक्षमा निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका सुनिल मोक्तानलाई ५५ मतले पछाडि पारेका हुन् । लामाको १ हजार ३ सय ४३ र मोक्तानको १२८८ मत आएको हो । त्यस्तै अन्य सदस्यहरुमा भने नेकपा एमालेका उम्मेदवारहरुको जीत भएको छ ।

 

उपमहाँनरपालिकाको १२ वटा वडाको मत गनिसक्दा सम्म अहिले नेपाली काग्रेशका मेयरका उमेदवार अगाढी हुनुहुन्छ भने नेकपा एमालेका उपमेयरका उमेदवार अग्रस्थानमा हुनुहुन्छ ।

नेपाली काग्रेश र माओबादी केन्द्रका गठबन्धनका उमेदवार नेपाली काग्रेशका तर्फबाट मेयरका तर्फबाट आनन्दराम पराजुलीले १४ हजार ७ सय १९ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई पछ्याउँदै नेकपा एमालेका तर्फबाट मेयरका उमेदवार हरि बहादुर महतले १४ हजार ४ सय ८८ मत ल्याउँदै पराजुलीलाई पछ्याउँदे हुनुहुन्छ ।

हिजोको मत गणनामा एमालेका मेयरका उमेदवार अगाढी भएपनि आज भने काग्रेशका उमेदवार अगाढी छन् । यसैगरी राप्रपाका तर्फबाट मेयरका उमेदवार मधु अधिकारीले ४ हजार ५ सय ९७ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उपमेयर पदमा भने नेकपा एमाले अग्रस्थानमा छ ।

नेकपा एमालेका तर्फबाट उपमेयरका उमेदवार मिना लामाले १४ हजार ५ सय ९ मत प्राप्त गर्दै अग्रस्थानमा हुनुहुन्छ । माओबादी र काग्रेशका उपमेयरका उमेदवारलाई मतगणना देखिनै पछी पार्दै आउनुभएकी लामाले आज १२ वडाको मत गणना हुनजेल सम्म यो मत प्राप्त गर्नुभएको हो ।

यसैगरी उहाँलाई पछ्याउँदै माओबादीका उपमेयरका उमेदवार बलराम बलले १० हजार ८ सय ३० मत प्राप्त गर्नुभएको छ । यसैगरी राप्रपाका तर्फबाट उपमेयरका उमेदवार ईन्दीरा न्यौपानेले ५ हजार २ सय ७७ मत प्राप्त गर्नुभएको छ । अहिले भने हेटौडाको ७ र १३ नंम्बर वडाको मतगणना हुँदै छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*