बकैया गाउँपालीकाका विजयी पदाधिकारीद्धारा सपथ ग्रहण,समृद्ध बकैया बनाउने खनालको घोषणा

छहारी संवाददाता
जेष्ठ ६, २०७४

बकैया, जेठ ६ / बैशाख ३१ गते भएको बकैया गाँउपालीकाका अध्यक्ष उपाध्यक्ष लगायत पदाधिकारीले आजबाट आफ्नो जिम्मेवारी लिएका छन ।

निर्वाचनअधिकृत रमेशकुमार सुवेदीले शनिबार विशेष कार्यक्रमको आयोजना गर्दै निर्वाचित पदाधिकारी लाई पद तथा गोपनियताको सपथ खुवाई जिम्मेवारी प्रदानगर्नुभएको हो । गाँउपालिकाको अन्तिम मत परीणाम ४ गते विहिबार घोषणा गरीएको थियो ।

सपथग्रहण तथा अध्यक्षको प्रमाणपत्र सहित जिम्मेवारी लिदैँ गाँउपालीका अध्यक्ष दामोदर खनालले समृद्ध गाउँपालीका निर्माण गर्न बकैया बासिले आफुलाई निर्वाचित गरेको बताउदैँ समृद्ध बकैया नै आफ्नो एजेण्डा रहेको घोषणा गर्नुभएको छ ।

नेपाली काग्रेसका निर्वाचन क्षेत्र न्ां १ का सभापति समेत रहनुभएको दामोदर खनालले ४५४४ मत ल्याइ विजयी हुनु भएको हो । खनालले नेकपा एमालेका नेता दलबहादुर वाइवालाई ७२ मतले पराजित गर्दै विजयी हुनुभएको हो ।

त्यस्तै निर्वाचन अधिकृत सुवेदीले उपाध्यक्षमा विजयी एमालेकी नेतृ सरला बोलखे, वडा अध्यक्ष काविजयी उम्मेद्धवार वडा नं १का बुद्धिमान वाइवा, वडानं २ का विरमान बल,३ नंवडाका दिलबहादुर बम्जन,वडा नं ४ काराजन दंगाल,वडा नं ५का शेरमान घलान, वडा नं ६का फुलमान थिङ,वडा नं ७ का रामकाजी लामीछाने, वडानं ८ का इन्द्रबहादुर स्याङ्तान, वडानं ९का टंकध्वज लोप्चन, वडानं १० का सोमबहादुर तिमल्सिना,वडानं ११ बाट गोपाल न्यासुर तथा वडा नं१२ बाट डिल्लीबहादुर नेसुर विजयी भएकाहुन । विजयी सम्पुर्ण वडा अध्यक्ष समेतलाई अधिकृत सुवेदीले विजयी प्रमाण पत्र तथा सफल कार्यकालको कामना गर्दै सपथ खुवाउनु भएको थियो ।
सपथ पछि बोल्दै उपाध्यक्ष सरला बोलखेले बकैया बासिको चाहना बमोजिम आफुहरु चल्ने बताउदैँ नमुना लायक गाँउपालिका निर्माणमा भुमीका खेल्ने बताउनु भयो ।

विभीन्न राजनैतिक दलका प्रतिनीधी सहितको उपस्थितीमा भएको सपथग्रहण कार्यक्रममा नयाँशक्ति पार्टीका नवराज चौलागाई, माओवादी केन्द्रका भक्तबहादुर खत्रि, एमालेका कृष्ण प्रसाद चौलागाई तथा नेपाली काग्रेसका धर्मप्रसाद लामिछानेले बधाई तथा शुभकामना दिदैँ मिलेर कामगर्न आग्रहगर्नुभएको थियो । निर्वाचन अधिकृत रमेशकुमार सुवेदीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*