हेटौंडा उपमहानगरपालिकाको जम्मा ७ वटा वडाको मतगणना सकियो

१ देखि ४ सम्म र वडा नम्बर १७ देखि १९ सम्मको मतगणना
छहारी संवाददाता
जेष्ठ ६, २०७४

हेटौंडा, जेठ ६ / हेटौंडा उपमहानगरपालिकाको ७ वटा वडाहरुको मतगणना सकिएको छ । भर्खरै वडा नम्बर ४ को पनि मतगणना सकिएपछि मतगणना सकिएको वडाको संख्या ७ पुगेको हो ।

अहिलेसम्म वडा नम्बर १ देखि ४ सम्म र वडा नम्बर १७ देखि १९ सम्मको मतगणना सकिएको छ । सात वडाको जम्मा मत गन्दा काँग्रेस माओवादी गठबन्धनका मेयरका उम्मेदवार आनन्दराम पराजुली १ सय ५६ मतले अगाडि छन् ।

उनले ७ वटै वडामा गरी जम्मा ८ हजार ५ सय ४३ मत प्राप्त गरेका छन् । उनका पछिपछि नेकपा एमालेका मेयरका उम्मेदवार हरिबहादुर महत छन् । उनको ८ हजार ३ सय ८७ मत आएको छ ।

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मीना लामा ७ वटै वडाको मतलाई जम्मा गर्दा २ हजार २ सय ९८ मतले अगाडि छिन् । उनले ८ हजार ५ सय ५९ मत प्राप्त गरेका छन् । त्यस्तै उनको पछिपछि गठबन्धनका बलराम बल छन् । बलको जम्मा मत ६ हजार २ सय ६१ पुगेको छ ।

७ वटा वडासम्मको जम्मा गरेर अहिले सम्म मेयर पदमा २ हजार ४ सय ६५ मत बदर भएको हाम्रा प्रतिनिधि बलराम पुडासैनीले बताए ।

त्यस्तै उपमेयर पदमा ४ हजार २ सय ५४ मत बदर भएका छन् । त्यस्तै वडा नम्बर ४ वडाअध्यक्ष पदमा ३ सय ८२ मत बदर भएका छन् ।

७ वटा वडाको जम्मा मत कसको कति आयो ? हेर्नुहोस् पूर्ण विवरणः

१) मेयर (७ वटा वडाको जम्मा) काँग्रेस माओवादी गठबन्धन, आनन्दराम पराजुली–८५४३ मत

नेकपा एमाले, हरिबहादुर महत–८३८७ मत

राप्रपा, मधुकर अधिकारी–२७५८ मत

नयाँ शक्ति संघीय समाजवादी गठबन्धन, शुभरत्न गोले–७९३

नेकपा माले, भिमसेन महत–१३७ मत

गीलास चुनाव चिन्ह–११ मत

घर चुनाव चिन्ह–१८ मत

ब्याडमिन्टन कक चुनाव चिन्ह–२४ मत

ईस्टकोट चुनाव चिन्ह–५ मत

दुई बालबालिका चुनाव चिन्ह, राकेश कुमार शर्मा–१ मत

२) उपमेयर (७ वटा वडाको जम्मा)

काँग्रेस माओवादी गठबन्धन, बलराम बल–६२६१ मत

नेकपा एमाले, मीना लामा–८५५९ मत

राप्रपा–३१२२ मत

नयाँ शक्ति संघीय समाजवादी गठबन्धन,पुनम भट्टराई –८१८

नेकपा माले–६९ मत

गीलास चुनाव चिन्ह–६ मत

घर चुनाव चिन्ह–१५ मत

टर्च लाईट चुनाव चिन्ह–७८ मत

घडी चुनाव चिन्ह–१ मत

काग चुनाव चिन्ह–५ 

साभारः तु खबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*