बाबुराम भट्टराईको घर गोरखाको पालुङटार नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार विजयी

नयाँ शक्ति तेस्रो स्थानमा चित्त बुझाउन बाध्य
छहारी संवाददाता
जेष्ठ ५, २०७४

गोर्खा / नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईको घर भएको नगरपालिका अर्थात गोरखाको पालुङटार नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार निर्वाचित भएका छन् । उपमेयरमा भने माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
कांग्रेस उम्मेदवार दीपक कँडेल चार हजार ६ सय ९८ मतले मेयरमा निर्वाचित हुनुभएको हो उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार विवश चिन्ताले चार हजार चार सय ९१ मत प्राप्त गर्नुभयो।
नयाँ शक्तिका संयोजक डा. भट्टराईको पार्टी नयाँ शक्ति तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । मेयरमा नयाँ शक्तिका उम्मेदवार अशोक देवकोटाले तीन हजार नौ सय ७७ मत हासिल गर्नुभएको छ ।
उपमेयरको प्रतिष्पर्धामा रहेकी कांग्रेसकी चेतकुमारी श्रेष्ठले चार हजार दुई सय ९६ मत ल्याउदा माओवादीकी पम्फा बस्याल चार हजार चार सय ९४ मत ल्याएर निर्वाचित हुनुभयो ।
दशवटा वडा रहेको पालुङटारमा नयाँ शक्तिले १ देखि ५ नम्बर वडाको अध्यक्ष लगायतका पद जितेको छ भने माओवादी केन्द्रले २, ६, ८ र १०, एमालेले ७ तथा कांग्रेसले ३ र ९ नम्बर वडा जितेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*