राक्सिराङमा सात वटा वडाको जम्मा मत गन्दा नेकपा एमाले सबैभन्दा अगाडि, ७ नम्बर वडामा काँग्रेस प्यानल विजयी (अन्तिम मत परिणाम सहित)

वडा नम्बर ८ को मतगणना सुरु, रातिसम्म सबै सक्ने तयारी
छहारी संवाददाता
जेष्ठ ५, २०७४

राक्सिराङ, ४ जेठ । राक्सिराङ गाउँपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ७ सम्मको मतगणना सकिएको छ । सात वडाको मतगणना सकिदासम्म नेकपा एमालेका गाउँपालिका अध्यक्ष उम्मेदवार सबैभन्दा अगाडि छ । त्यस्तै नेपाली काँग्रेसले एमालेलाई पछ्याईरहेको छ भने नेकपा माओवादी केन्द्र सबैभन्दा पछाडि परेको छ ।

भर्खरै ७ नम्बर वडाको मतगणनाको नतिजा तु खबरलाई जानकारी गराउँदै राक्सिराङ गाउँपालिकाका निर्वाचन अधिकृत खडानन्द गौतमले अहिले वडा नम्बर ८ को मतगणना सुरु भएको बताएका छन् । उनले आज राति सम्म राक्सिराङको पुरै नतिजा आउने गरी मतगणना भईरहेको जानकारी दिए ।

सात वटा वडा गनिसक्दा प्राप्त भएको मतपरिणाम यसप्रकार छ :
१) गाउँपालिका अध्यक्षः
नेकपा एमाले–२५३९
नेपाली काँग्रेस–२२४४
नेकपा माओवादी केन्द्र–१६८९
२) गाउँपालिका उपाध्यक्षः
नेकपा एमाले–२५३८
नेपाली काँग्रेस–२२४२
नेकपा माओवादी केन्द्र–१५९८
३) ७ नम्बर वडाका काँग्रेस प्यानलबाट विजयी उम्मेदवारहरुः
वडाअध्यक्षः कुलबहादुर प्रजा (४७० मत)
महिला वडा सदस्यः रिखीमाया प्रजा (४६४ मत)
दलित महिला वडा सदस्यः सुकमाया विक (४६४ मत)
खुला वडा सदस्य १ः सुनिल ब्लोन (४६६ मत)
खुला वडा सदस्य २ः चतुरमान पाख्रिन (४६४ मत)
साभारः तु खबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*