अशिक्षा, बेरोजगारी सबै खालका समस्यासंग प्रतीदिन जुद्धनु दैनिकी थियो

छहारी संवाददाता
जेष्ठ २, २०७४

रञ्जिता डंगोल / हेटौडा, बैशाख ३ / हामीले देख्ने गरेको समाजका मानिसहरुको भन्दा भिन्नै खालका रुपरंग थिए उनीहरुमा बढ्दो गरिबीसंगै अशिक्षा, बेरोजगारी यि सबै खालका समस्याहरुसंग दिन प्रती दिन जुद्धनु दैनिकी थियो ।  
मनहरी गा.वि.स. वडा नं. ६ रमौली प्रतापपुर गोदाम दमारका बोटे समुदायका मानसिहरुको बालुवा चाल्नु र माछा मार्नु जिबीका निर्भाहा गर्नु र छोरा छोरीको पालनपोषणसंगै दैनिकी गुजारा चलाउनु थियो ।

अशिक्षासंगै जन्मीको अर्को नाम हो गरिबी, हाम्रो समुदायमा पढ्या लेख्या भनेको एक जना व्यक्तिले मात्र एस एल सि पास छन् अरु सबै साधारण लेखपढ गर्नेहरु मात्र रहेको बोटे समुदायका अगुवा कान्छीमाया बोटे बताउछिन् ।
हामीलाई छाक टार्ने कै चिन्ता सताउछ एक दीन बालुवा चाल्न सकेनौ भने बेलुका मुखमा माड लाग्दैन । जंगली कन्दमुलहरु खनी खोश्री खाने, बालुवा चाल्ने आफ्नो समुदायको दैनिक कार्यहरु भित्र पर्ने सोही काम गरि जिबीका निभार्ह गर्ने गरे कान्छीमाया बताउछिन् ।
आफ्नो समुदायमा समस्या र चुनौतीहरु धेरै रहेको यस्ता समस्याहरु केही मात्रमा सुधार भएपनि पुर्णरुपमा सुधार आउन नसकेको उनको अनुभब रहेको छ  । यस अघि माछा मार्ने कार्य गर्न रोक लगाउने अनि आधावारका सुरक्षाकर्मीहरुले दुःख दिने गरेको कान्छीमाया बोटे बताउछिन ।  
कानून एउटै भएता पनि यसको कार्यान्वयन ठाउ र व्यक्ति अनुसार भिन्ना भिन्नै नियम भएकोले आफुहरु  यसको प्रत्यक्ष मारमा परेका उनीहरुको गुनासो रहेको थियो । अब भने उनीहरु खुसी भएका छन् । बोटेहरुलाई माछा मार्ने अनुमती पत्र उपलब्ध हुने भएको छ । पर्सा वन्यजन्तु आरक्षको कार्यालयले उपलब्ध गराउने भएको छ ।
परम्परागत पेशा व्यवसायको संरक्षण र पवद्र्धधन गर्नपर्ने, भुमिहिन बोटहरुलाई जिविकोपार्जनको बैकल्पिक पेशा र व्यवसायहरु जस्तै सिप विकास कार्यक्रम, क्षमता अभिवृद्धि आदिको लागि उचित सहयोग हुनुपने, बोटेहरुको बस्तीको दिगो पुर्वाधार विकास गरी पर्यटक विकास र प्रवद्र्धनमा लागी प्रयासहरु हुनुपर्ने बोटे समाज मकवानपुर जिल्ला समन्वय समितिका अध्यक्ष दिल बहादुर बोटे बताउछन् ।
आरक्षले सहयोग गर्दै आएको कार्यहरु माछा पोखरी निर्माण, तार बार लगायतका कार्यहरुको छिटो र प्रभावकारी कार्य सम्पन्न गनुपर्ने र बोटेहरुको बालबलिकालाई उचित शिक्षादिक्षाको व्यवस्था गर्ने र युवाहरुलाई रोजगारीको वैकल्पिक श्रोतहरु पत्तालगाई रोजगारीमा पहुचमा बृद्ध गर्नेसके बोटे समुदायका जिबिका निभार्हमा केही परिबर्तन आउने उनीहरु बताउछन्   । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*