अपहरित केडिया भारतबाट सकुशल मुक्त, एक पक्राउ

छहारी संवाददाता
जेष्ठ १६, २०७३

वीरगञ्ज— बिहीबार बाराबाट अपहरणमा परेका वीरगञ्जका उद्योगी सुरेश केडिया भारतको मोतीहारीबाट सकुशल अपहरणमुक्त भएका छन्।

 

'नेपाल र भारतका प्रहरीको संयुक्त टोली केडियालाई सकुशल अपहरणमुक्त गर्न सफल भएको छ', नेपाल प्रहरीको उच्च स्रोतले नागरिकन्युजसँग भन्यो, 'अहिले नेपाल ल्याउने काम भइरहेको छ। पत्रकार सम्मेलन गरी सबै घटना सार्वजनिक हुनेछ।'

'साकारात्मक सन्देश छ, उद्योगी शुरेश केडिाया अपहरणमुक्त भएको पनि जानकारी आएको छ,' पर्साका प्रहरी उपीक्षक राजुबाबु श्रेष्ठले भने, 'आधिकारिक जानकारी आउन बाँकी छ।' पारिवारिक केडिया अपहरणमुकत भएको पुष्टि गरेको छ। पूर्वी चम्पारण जिल्लाको मोतिहारीबाट उनलाई अपहरणमुक्त गरिएको भारतीय अधिकारीले पुष्टि गरेका छन्। उनको खाजी कार्यमा खटिएको भारतीय प्रहरीको एउटा टोलीले छापामारी बन्धक बनाएर राखिएको ठाउँबाट अपहरणमुक्त गराएको एक भारतीय अधिकारीले जनाए।

सुरक्षाकर्मीले एक अपहरणकारीलाई पक्राउ गरेका छन्।

प्रतिष्ठित औद्योगिक घराना केडिया समूहका उद्योगी सुरेश केडिया बिहीबार साँझ बाराको वरियापुरबाट अपहरणमा परेका थिए। अपहरणकारीले उनको गाडी चालकलाई गोली प्रहार गरी उनलाई अपहरण गरेका थिए। चालक श्याम साह कानुको कन्चटमा गोली हानेर केडियालाई मोटरसाइकलमा राखेर लगेका थिए। कामविशेषले गएको बेला केडियामाथि नम्बर नखुलेको भारतीय स्कर्पियो गाडीमा आएका अपहारणकारीले आक्रमण गरेर चालकलाई घाइते बनाई फिल्मी शैलीमा अपहरण गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*