हेटौंडामा न्यायपूर्ण जलवायु वित्तको माग गर्दै जनप्रदर्शन
![](https://www.chhaharinetwork.com/wp-content/uploads/2024/11/1.jpg)
बागमती प्रदेशको राजधानी हेटौंडामा न्यायपूर्ण जलवायु वित्तको माग गर्दै जनप्रदर्शन भएको छ ।
अजरबैजानको बकुमा भइरहेको कोप–२९ को पूर्वसन्ध्यामा शनिबार हेटौंडामा न्यायपूर्ण जलवायु वित्तको माग गर्दै जनप्रदर्शन सम्पन्न भएको हो । बकुमा उपस्थित विभिन्न राष्ट्रका प्रतिनिधिहरू समक्ष हेटौंडाको आवाज पु¥याउने उदेश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न उमेर समूहका युवा र विद्यालयको प्रथिनिधिहरु, सरोकारवालाहरु सहभागी भएका थिए ।
हेटौंडाका स्वतन्त्र युवाहरूको आयोजनामा भएको जनप्रदर्शन वन विज्ञान क्याम्पसको प्राङ्गणबाट सुरु भएको कार्यक्रम हेटौंडा नगरक्षेत्र परिक्रमा गरी सचेतनामूलक कोढसभा गरी सम्पन्न भएको हो । र्यालीमा करिब २५० जनाको सहभागीता रहेको थियो ।
जलवायु संकटले विश्वका सबै देशमा समान रूपको र साझा चुनौती सिर्जना गरेको छैन। ग्लोबल नर्थले आर्थिक वृद्धिका लागि गरेका क्रियाकलापहरुले, दक्षिणका देशहरूविशेष गरी नेपालजस्ता देशहरुले दैनिक रूपमा यसको भयानक प्रभावहरूको सामना गरिरहेका छन्, जस्तै बाढी, खडेरी, र गर्मी लहर। हाम्रा हिमश्रिखंला दिन दिनै पगलिदै गएका छन र हिमताल फूटने लहरो छ ।
नेपाल जस्तो देशको लागि जलवायु संकटले प्रति दिन नयाँ चुनौती थपदैछ, जसले हाम्रो जीविकोपार्जन र जैविक विविधतालाई नै खतरा पुर्याउदैछ। तसर्थ अब वैश्विक उत्तरले आफ्नो ऐतिहासिक जिम्मेवारी स्वीकार गरेर कदम चालनु बाहेक अन्य कुनै उपाय छैन ।
कार्यक्रमको प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाको प्रमुख मिना लामाले सम्बोधन गर्दै जलवायु परिवर्तनले हेटौडा मा पारेका प्रभाव पालिकाले प्रभाव न्यूनीकरणका लागि गरेका प्रयास विषयमा बोल्दै, कोपमा २९ मा नेपाल र विश्व भर बाट सहभागी हुनुभएको प्रतिनिधि लाई हेटौडा को आवाज लाई सुनी न्यायोचित पहलकदमी गर्नु हुन हेटौडाको बुद्धचोक बाट आव्हान गर्नु भयो ।
कार्यक्रमका अध्यक्ष अलिशा मुल्मीले “हेटौंडामा जस्तै अन्य १६ स्थानमा जनप्रदर्शन भैइहेको बताउँदै अजरबैजानको बाकु शहरमा भैरहेको कोप २९ सम्म हेटौंडाको आवाज पुराउन र जलवायु न्यायका लागि उठेको आवाज सुनी उचित सम्बोधन गर्न आह्वान गर्नुभयो ।