१० दिने मेची महाकाली साईकल यात्रा चौथो दिन हेटौंडामा
प्रदुषण रहित शहर बनाउने उद्देश्यले मेचीमहाकाली साइकल यात्री हेटौंडा आईपुगेका छन् ।
हिमालय राइडर्स सोसाइटिको आयोजनामा सुरु भएको १० दिने मेची महाकाली साईकल यात्रा मंगलबार चौथो दिन हेटौंडा आइपुगेको हो । प्रदुषित वातावरणको कारण शहर धुलाम्मे भई प्राणी जगतमा असर परेकोले प्रदुषण रहित वातावरण बनाउँ भन्ने सन्देश दिन मेची महाकाली साईकल यात्रा सुरु गरिएको साइकल यात्री वरुण खतिवडाले बताउनु भयो ।
जलवायु न्यायका लागि साइकल यात्रा भन्ने नाराका साथ ५० वर्ष उमेर माथिका तीन जनाले मेचीबाट साइकल यात्रा सुरु गर्नु भएको हो ।
यस मेचीमहाकाली साइकल यात्रामा हेटौंडाका ६९ वर्षका कृष्णप्रसाद आचार्य, ६२ वर्षको पृथ्वी बहादुर रायमाझी र ५७ वर्षका वरुण खतिवडा हुनुहुन्छ । यसअघि २०५४ सालमा ११ जना र २०८० सालमा १३ जना मकवानपुरका साईकल यात्रीहरुले मेचीमहाकाली साईकल यात्रा समपन्न गरि सकेका छन् ।