बागमती प्रदेशमा मन्त्रालय फुटाएर भागबण्डा मिलाइयो, अब मन्त्रालयको संख्या १४
बागमती प्रदेशमा मन्त्रालयको संख्या बढाएर १४ पु¥याइएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले १३ वटा मन्त्रालयलाई बढाएर १४ पु¥याउने निर्णय गरेको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय विभाजन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।
प्रवक्ता लामिछानेका अनुसार बैठकले प्रदेशमा सहकारी तथा गरिबी निवारण मन्त्रालय थप गरेको हो । सपथ लिएको १११ दिनदेखि बिनाविभागीय रहेका कांग्रेसका मन्त्री मदुकुमार श्रेष्ठलाई जिम्मेवारी दिन संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय फुटाइएको हो ।
श्रेष्ठलाई जिम्मेवारी तोक्ने निर्णय मंगलबारको मन्त्रिपरिषद् बैठकले नगरेपनि सहकारी मन्त्रालयको जिम्मेवारी दिने सम्बन्धमा सैद्धान्तिक सहमति रहेको प्रवक्ता लामिछानेले बताउनुभयो। प्रदेशमा मुख्यमन्त्री लामासहित कांग्रेसका आठ र एमालेका ६ जना मन्त्रीहरू रहेका छन्।