हेटौंडा जेसीज सप्ताहः विश्वज्योति आधारभूत विद्यालयमा शैक्षिक सामग्री सहयोग

छहारी संवाददाता
कार्तिक ७, २०८१

हेटौंडा जेसीजले हेटौंडा उपमहानगरपालिका वडा नम्वर चिप्लेटीस्थित विश्वज्योति आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

बुधबार जेसीज हेटौंडा वर्ष २०२४ का अध्यक्षसहितको टोली विद्यालय पुगेर शैक्षिक सामग्री सहयोग गरेको हो । जेसीज सप्ताह २०२४ अन्तर्गत विद्यार्थीलाई आवश्यक कापी, कलम, किताब, खेलकुदको सामाग्रीहरुको सहयोग जेसीआई हेटौंडाका कार्यकारिणी उपाध्यक्ष तथा सप्ताहव्यापी कार्यक्रमका मूल संयोजक विवेक आनन्द न्यौपानेले जानकारी दिनुभयो ।

८ कक्षासम्म पठनपाठन हुने विद्यालयका ५० जना विद्यार्थीलाई करिब ६० हजार रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । विद्यार्थीको आवश्यकतालाई मध्यनजर गरेर १ वर्षका लागि पुग्नेगरी शैक्षिक सामग्री प्रदान गर्ने गरेको जेसीजले जनाएको छ ।

हेटौंडा जेसीजका अध्यक्ष विकेशलाल श्रेष्ठको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यतामा शैक्षिक सामग्री वितरण भएको हो ।

कार्यक्रममा हेटौंडा–८ का वडाध्यक्ष रामकृष्ण थापा र ९ का वडाध्यक्ष सुकराम केसी, जेसीआई हेटौंडाका पूर्वअध्यक्षहरुको पनि सहभागिता रहेको थियो । हेटौंडा जेसीजले सन् २०१९ मा विद्यालयमा शिक्षाको व्यवस्था गरको र सन् २०२० मा विद्यालयका लागि पानीको व्यवस्था गरेको जेसिजले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*