हेटौंडा जेसीजको रक्तदान, स्लो बाइक प्रतियोगिता र लागूपदार्थ दुव्र्यसनी सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

छहारी संवाददाता
कार्तिक ८, २०८१

हेटौंडा जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तरगत बिहिबार रक्तदान, स्लो बाइक प्रतियोगिता र लागूपदार्थ दुव्र्यसनी सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

बिहिबारको पहिलो कार्यक्रम अन्तरगत हेटौंडा–४ हुप्रचौरमा बिहान आयोजित रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको कार्यक्रम संयोजन बिवेक बानियाँले जानकारी दिनुभयो ।

हेटौंडा जेसीज वर्ष २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भीमसागर गुरागाईँको प्रमुख आतिथ्यता रहेको थियो ।

यस्तै हेटौंडा जेसीजले बिहिबार बिहान स्लो बाइक प्रतियोगिता पनि सम्पन्न गरेको छ । हेटौंडा ४ को सितलमहल चोकमा भएको प्रतियोगितामा सुकदेव सदाशंकर प्रथम, गोपाल थापा दोस्रो र कमल घलान तेस्रो भएको जेसीज सप्ताह २०२४ का मुल कार्यक्रम संयोजक विवेक आनन्द न्यौपानेले जानकारी दिनुभयो ।

 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संयोजन विश्वप्रसाद गौतमले गर्नु भएको थियो ।

यस्तै जेसिजले साँझ हेटौंडा ९ मा रहेको सिआन महिला पुनःस्थापना केन्द्रमा लागूपदार्थ दुव्र्यसनी सम्बन्धि सचेतना कार्यक्रम पनि सम्पन्न गरेको छ ।कार्यक्रममा लागूऔषध दूव्र्यशनीका कारण, दूव्र्यशनीले व्यक्ति र समाजमा पार्ने नकारात्मक प्रभाव, कुलतबाट छुटकारा पाउने उपायलागायतका विषयमा सिआनकी कार्यक्रम संयोजक सन्जु लामिछाने र डाइरेक्टर सौजन डिसीले सहभागीहरुलाई सहजिकरण गरेका थिए ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरकी प्रहरी निरीक्षक विमलाकुमारी कठायतको प्रमुख आतिथ्यता तथा हेटौंडा जेसीज वर्ष २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको हो । सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन कार्तिक ९ गते पुरस्कार तथा प्रमाणपत्र वितरण गरी समापन गरिनेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*