‘हेटौंडा जेसीज सप्ताह २०२४’ कार्तिक ६ गते मंगलबारबाट सुरु हुँदै

छहारी संवाददाता
कार्तिक ५, २०८१

हेटौंडा जेसीजको ‘जेसीज सप्ताह २०२४’ कार्तिक ६ गते मंगलबारबाट सुरु हुँदैछ ।

सोमबार पत्रकार सम्मेलन गर्दै हेटौंडा जेसीज २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठले सप्ताहव्यापी कार्यक्रम अन्तरगत मंगलबारदेखि ९ गतेसम्म विविध कार्यक्रम हुने जानकारी दिनुभएको हो । उहाँका अनुसार कार्तिक ६ गते साईकल रेश प्रतियोगिता गरी सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ हुनेछ ।

हेटौंडा– ५ सिँचाई टोल देखि सुरु हुने साईकल रेश मनकामना मन्दिर सम्म पुगेर सम्पन्न हुनेछ भने सोहि दिन अन्तर हेटौंडा जेसीज वक्तृत्वकला प्रतियोगिता गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै कार्तिक ७ गते शैक्षिक सामाग्री वितरण, कार्तिक ८ गते रक्तदान कार्यक्रम, स्लो मोटरसाईकल रेश प्रतियोगिता र लागुपदार्थ दुव्र्यसनी जागरुकता कार्यक्रम आयोजना गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

जेसी विवेक आनन्द न्यौपाने र आतिस दाहालको संयोजकत्वमा हुने सप्ताहव्यापी कार्यक्रम अन्तिम दिन कार्तिक ९ गते पुरस्कार तथा प्रमाणपत्र वितरण गरी कार्यक्रमको समापन गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

गत वर्षहरुमा सप्ताहव्यापी कार्यक्रम सातै दिन गरिँदै आएकोमा यसवर्ष ४ दिनमा ७ वटा कार्यक्रमहरु हुनेछन । कार्यक्रमहरु संचालन गर्न करीब साँढे ६ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*