पहिरोमा परी ज्यान गुमाएका ६ खेलाडीको स्मृतिमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता गर्न माग

छहारी संवाददाता
अशोज २०, २०८१

जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख ललित बहादुर घलानले पहिरोमा परी ज्यान गुमाएका ६ जना खेलाडीको स्मृतिमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता आयोजना गर्न माग गर्नु भएको छ ।

असोज १२ गते सिस्नेरी पहिरोमा परी ज्यान गुमाएको खेलाडी अनुपमका बुबा ललित घलानले श्रद्धान्जलीका लागि पुगेको संचारकर्मीको टोलीसंग कुरा गर्दै यस्तो माग गर्नु भएको हो । उहाँले खेलको माध्यमबाट देशका लागि केही गर्न एन्फा एकेडेमीमा भर्ना भएका ६ जना खोलाडीहरूको स्मृतिमा राष्ट्रिय फुटबल प्रतियोगिता गर्दा उनीहरूलाई न्याय मिल्ने बताउनुभयो ।

एन्फाले बाल खेलाडी उत्पादन गर्ने गरी राष्ट्रिय प्रतियोगिताको आयोजना गर्दा निधन भएका बाल खेलाडीप्रति संधै सम्झना र सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित वल्सलादेवी माविमा अध्ययसंगै बन्द प्रशिक्षणमा रहेका एन्फा एकेडेमीका ४० बालक मध्ये ६ जनाको पहिरोमा पुरिएर निधन भएको थियो । निधन हुनेमा मकवानपुरका अनुप घलान, विवस बाँनिया, आदित्य बलम्पाकी, सर्लाहीका प्रियांक आचार्य, बाराका विकल रेग्मी र काठमाडौंका साइमन योन्जन रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*