नारायणी सहकारीको वार्षिक साधारणसभा सम्पन्न

छहारी संवाददाता
अशोज १९, २०८१

नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडा ९ को २८ औं वार्षिक साधारणसभा शनिबार हेटौंडामा सम्पन्न भएको छ ।

बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष एवं मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्य तथा राष्ट्रिय सहकारी महासंघका संचालक एवं मकवानपुर जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष बद्री प्रसाद लम्सालको विशेष आतिथ्य रहेको थियो ।

कार्यक्रममा सहकारीका अध्यक्ष जंगबहादुर गुरुङले आव २०८०/८१ को वार्षिक प्रगति प्रतिवेदन र आव २०८१/८२ को भावी नीति तथा कार्यक्रम सहितको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सहकारीका ब्यबस्थापक महेश्वर अधिकारीले आव २०८०/८१ को आय व्यय विवरण र आव २०८१/८२ को प्रस्तावित अनुमानित बजेट प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंक बागमती प्रदेश कार्यालय हेटौंडाका प्रबन्धक रामेश्वर अर्याल, हेटौंडा सिमेन्ट उद्योग लिमिटेडका अध्यक्ष नरेन्द्र भण्डारी, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघकी निवर्तमान उपाध्यक्ष एवं मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी निवर्तमान अध्यक्ष राधा सिन्तान, बागमती प्रदेश सहकारी संघका सदस्य एवं मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपाने, नारायणी सहकारीका सल्लाहकार कुमार पौडेल, नमस्ते मकवानपुर बचत तथा ऋण सहकारी संस्था हेटौंडाका अध्यक्ष नवराज खनाल, मकवानपुर बेरोजगार युवा संगठनका अध्यक्ष सुरेश बेरोजगार, नारायणी बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष रामचन्द्र दाहाल लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ९ का वडाअध्यक्ष सुकराम केसी, केन्द्रीय बहुउद्देश्यीय सहकारी संघका लेखा संयोजक भोलाप्रसाद शर्मा, अडानका केन्द्रीय सदस्य प्रकाश ढकाल, उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपाध्यक्ष वासु खतिवडा, टोल विकास संस्था नगर समन्वय समिती हेटौंडाकी उपाध्यक्ष सती खड्का न्यौपाने, सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम विष्ट लगायतको आतिथ्य रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*