मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञवाली नियुक्त

छहारी संवाददाता
अशोज १६, २०८१

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. प्रदीप ज्ञवाली नियुक्त हुनुभएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले डा. ज्ञवालीलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पाल्पाका डा.ज्ञवालीलाई ४ वर्षे कार्यकालको लागि नियुक्त गरिएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो । गत साउन १५ गतदेखि प्रतिष्ठानको उपकुलपति पद रिक्त थियो ।

ज्ञवालीलाई सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको सिफारिस र स्वास्थ्य मन्त्री किरण थापाको सहमतिमा मन्त्रिपरिषद् बैठकले उपकुलपतिमा नियुक्त गरेको हो ।

यस्तै बुधबार मन्त्रिपरिषद् बैठकले पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता खेलाडी पलेशा गोवद्र्धन र एरिका गुरुङलाई घोषणा गरेको पुरस्कार वापतको रकम निकासा गर्ने निर्णय गरेको छ । गत असोज ३ मा पलेशा र एरिकासहित उनीहरुका प्रशिक्षक तथा प्रदेशस्तरका कराँते, तेक्वान्दो संघलाई पुरस्कार घोषणा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*