पहिरोमा परी निधन भएका वत्सला माविका तीन प्रशिक्षार्थीको शव परिवालाई बुझाइयो

छहारी संवाददाता
अशोज १७, २०८१

इन्द्रसरोवर गाउँपालिका, सिस्नेरीमा पहिरोमा परी निधन भएका तीन विद्यार्थीको शव परिवालाई बुझाइएको छ । शनिबार पहिरोमा परेर सिस्नेरीस्थित वत्सला माध्यमिक विद्यालयका तीन प्रशिक्षार्थीको निधन भएको हो ।

निधन भएका हेटौंडा–१२ का अनुपम घलान, मकवानपुरगढी गाउँपालिकाका साइमन योन्जन र बारा निजगढका विकल रेग्मीको हेलिकप्टर मार्फत सोमबार हेटौंडा ल्याइ प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल र मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सीताराम रिजालको उपस्थितिमा मृतकको शव आफन्तलाई जिम्मा लगाइएको थियो ।

बागमती प्रदेश प्रहरी कार्यालयबाट बिहान शव यात्रापछि हेटौंडा ४ हुप्राचौरमा रहेको जिल्ला खेलकुद विकास समिति मकवानपुरमा ल्याएर मृतकप्रति श्रद्धान्जली अर्पण गरिको थियो ।

श्रद्धाञ्जली सभामा जहाँ जनप्रतिनिधि राजनीतिक दलका प्रतिनीधी, खेलकुद क्षेत्रका प्रतिनिधि, स्थानीय प्रशासन लगायतको उपस्थिती रहेको थियो । पहिरोमा परी अखिल नेपाल फुटबल संघ (एन्फा) सिस्नेरी एकेडेमीका ६ जना विद्यार्थीको मृत्यु भएको थियो ।

यसैबीच, निजगढ नगरपालिकाले विकल रेग्मीको सम्झनामा हरेक वर्ष विकल स्मृति जुनियर फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । नगरप्रमुख सुरथ पुरीले सोमबार निजगढमा आयोजित श्रद्धाञ्जली सभामा प्रतियोगिता घोषणा गर्दै १२ गतेको पहिरोमा ज्यान गुमाएका ६ जना प्रशिक्षार्थी खेलाडीको सम्झनामा समर्पित हुने बताउनुभयो ।

पहिरोमा परेर मकवानपुरको इन्द्रसरोवरका दिवस बानियाँ, सर्लाहीका आदित्य बलम्पाकी र काठमाडौंका प्रियान्स आचार्यको पनि निधन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*