सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएकाको उद्दारमा विशेष प्राथमिकता दिनुस्ः बागमती प्रदेश प्रमुख

छहारी संवाददाता
अशोज १३, २०८१

बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्राकृतिक विपद्मा परेका सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा महिलाहरुलाई उद्दारमा विशेष प्राथमिकता दिन आग्रह गर्नुभएको छ ।

आइतबार एक विज्ञप्ति जारी गदै उहाँले विपद् प्रभावितहरुलाई तत्काल उद्दार, राहत तथा स्वास्थ्य सेवा प्रदानमा यि वर्गलाई विशेष प्राथमिकता राख्न आग्रह गर्नुभएको हो । वर्षाका कारण बागमती प्रदेशका जिल्लाहरुमा क्षति पु¥याएको उल्लेख गर्दै उहाँले उच्च सतर्कता अपनाउन आग्रह समेत गर्नुभयो ।

प्रदेश प्रमुख देवकोटाले वर्षा रोकिएपछि पनि हुनसक्ने भू क्षय र पहिरोबाट उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न अनुरोध गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*