नदीको पर्यावरण सफा राख्ने उद्देश्यसहित भीएफसी युथ हेटौंडाद्वारा कर्रा नदी वरपर सरसफाइ
नदीको पर्यावरण सफा राख्ने उद्देश्यसहित भीएफसी युथ हेटौंडाले कर्रा नदी वरपर सरसफाइ गरेको छ ।
‘प्लाष्टिकजन्य फोहोर मुक्त नदी’ भन्ने नाराका साथ आइतबार हेटौंडा वडा नम्बर ४ का वडाध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यमा नदी सरसफाइ कार्यक्रम सम्पन्न भएको हो ।
कर्रा नदीको पुलदेखी वन विज्ञान संकायको गेट वरपर गरिएको सरसफाइबाट प्लाष्टिक ४६ किलोग्राम, बोतल ५ किलोग्राम, एम एल पी ७ किलोग्राम, कुहिने फोहोर २० किलोग्राम र लो ग्रेज फोहोर २.५ किलोग्राम गरी करिब २ सय किलो फोहोर संकलन भएको थियो । संकलन भएको फोहरलाई पुनः प्रयोगमा आउने र नआउने छुट्याएर डम्पिङ साइटमा व्यवस्थापन गरिएको छ ।
भीएफसी युथ हेटौंडाका भोलेन्टिएर प्रतीक्षा पौडेल र अभिषेक चन्दको अध्यक्षतामा भएको सरसफाइ कार्यक्रममा प्रहरी, वन विज्ञान संकायका विध्यार्थीहरु गरी करिब ४४ जनाको सहभागिता रहेको थियो ।
युथ समूहका १० पदाधिकारीहरु समेतको सहभागितामा भएको सरसफाइ कार्यक्रममा सुरक्षित उपकरणको प्रयोग, १८ वर्षभन्दा कम उमेरका बालबालिका, शारीरिक अशक्तहरुलाई नदी सरसफाइमा संलग्न गराउन नहुन लगायतका सजगता अपनाउन आग्रह गरिएको थियो ।
कार्यक्रमम एनवाइसिए हेटौंडा, इफसा हेटौंडा, युथ रेड क्रस फओफ, रोट्रयाक्ट क्लब अफ हेटौंडा र क्याण्डिड स्टुडियोको सहकार्यमा भएको आयोजक कमिटीका निश्चल भट्टले जानकारी दिनुभयो । विश्व बैंकको सहकार्यमा नदीहरुमा प्लाष्टिकजन्य फोहोरलाई न्यूनीकरण गर्न ७ वटा पालिकाको नदीमा सरसफाइ अभियान चलाइएको हो ।