शिक्षा क्षेत्र बागमती प्रदेश सरकारको उच्च प्राथमिकतामाः मुख्यमन्त्री लामा

छहारी संवाददाता
अशोज २, २०८१

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले शिक्षा क्षेत्रलाई प्रदेश सरकारको उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

बुधबार शिक्षा दिवस २०८१ का अवसरमा शिक्षा विकास निर्देशनालय हेटौंडाले आयोजनामा गरेको कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री लामाले शिक्षा क्षेत्रमा लगानी गरे मात्र राम्रो नागरिक उत्पादन हुने भएकोले प्रदेश सरकारले शिक्षामा लगानी बढाएको बताउनुभयो ।

विगतको भन्दा अहिले सामुदायिक विद्यालयमा सुधार हुँदै गएको बताउँदै मुख्यमन्त्री लामाले सामुदायिक विद्यालय सुधारको लागि शिक्षक, अभिभावक, विद्यार्थी सबैको भूमिका उत्तिकै रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा प्रदेशका उत्कृष्ट सामुदायिक र संस्थागत बिद्यालयहरुलाई पुरस्कृत गरिएको छ । सामुदायिक तर्फ भक्तपुर नगरपालिको मेधा माध्यमिक विद्यालय, काठमाण्डौको बलम्बु माध्यमिक विद्यालय, नुवाकोटको पृथ्वी माध्यमिक विद्यालय, काठमाडौँको तरूण माध्यमिक विद्यालय र श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई सम्मान गरिएको हो ।

त्यस्तै संस्थागत तर्फ हिज किड्स इन्टरनेसनल स्कुल, रिलायन्स इन्टरनेसनल एकेडेमी, गोकर्णेश्वर लाइट एकेडेमी, शाङ्करी स्कुल, माउन्ट ग्लोरी ईङ्गलिस बोर्डिङ हाइस्कुललाई सम्मान गरिएको थियो । प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः १ लाख, ८० हजार र ७० हजार नगद पुरस्कार पाएका छन् । चौंथो र पाँचौ हुनेलाई क्रमशः ६० हजार र ५० हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

यसैगरी राष्टिय शिक्षा दिवसको अवसरमा आयोजित निबन्ध लेखन प्रतियोगिताका विजयीलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा बाँसबारी मावि काठमाडौंकी स्मृति चौंलागाई प्रथम, स्याउरीभूमि माध्यामिक विद्यालय नुवाकोटकी सुमना बुढाथोकी द्धितीय र भालेश्वर मावि काभ्रेकी अविना कार्की तृतीय भएका थिए । उनीहरुलाई क्रमशः १०, ८ र ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*