बौद्धिक अपाङ्गता पहिलो पटक बुझेः बागमती प्रदेशका आर्थिक मामिलामन्त्री काफ्ले
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आफुले बौद्धिक अपाङ्गता पहिलो पटक बुझेको बताउनु भएको छ ।
बिहिबार हेटौंडा ७ हरियाली टोलमा सि आशा फाउन्डेसनद्वारा संचालित आशा विशेष पाठशाला तथा पुर्नस्थापना केन्द्रको दोश्रो तल्ल भवन उद्घाटन कार्यक्रममा बोल्दै उहाँले अपाङ्गता बुझेको भएपनि बौद्धिक अपाङ्गता पहिलो पटक बुझेको बताउनुभयो ।
मन्त्री काफ्ले आशा विशेष पाठशाला तथा पुर्नस्थापना केन्द्रमा आउँदा आफु पनि विद्यार्थी भएको महसुस गरेको बताउनुभयो । बाहिरी देशबाट आएर नेपालमा सम्भावना देख्ने फाउन्डेसनकी संस्थापक आइना वार्काले स्वदेशमा अवसर छैन भनि विदेशीने नागरिकलाई गतिलो नैतिक शिक्षा दिनु भएको मन्त्री काफ्ले बताउनुभयो ।
करीब ७० लाख रुपैयाँ लागतमा आशा विशेष पाठशाला तथा पुर्नस्थापना केन्द्रको दोश्रो तल्ला निर्माण गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बालकृष्ण चौलागाईंले जानकारी दिनुभयो । हेटौंडा उपमहानगरपालिकाबाट ५ लाख रुपैया र बाँकी आर्थिक सहयोग संकलन गरी दोस्रो तल्लामा १३ कोठाको भवन निर्माण गरेको उहाँले बताउनुभयो । विद्यालयमा हाल ७७ जना बौदिक अपाङ्गता भएका विद्यार्थी अध्ययनरत छन् ।
फाउन्डेसन तथा विद्यालयकी संस्थापक वार्का र अध्यक्ष कैलाश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा ६ नम्बर वडा अध्यक्ष विषण्ु दाहाल, ७ नम्बर वडा अध्यक्ष दामोदर गौतम लगायतका विभिन्न संघ संस्थाका बुद्धिजिवीहरुको आतिथ्यता रहेको थियो ।