नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा भाद्र ३० गते हेटौंडा आउने

छहारी संवाददाता
भदौ २६, २०८१

हेटौंडामा भाद्र ३० गते हुने स्थानीय तहका जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्न नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा आउनुहुने भएको छ।

बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले कार्यक्रमको तयारी बारे जानकारी दिनु भएको हो । कांग्रेसले स्थानीय तह केन्द्रीय समन्वय विभाग गठनमा गरेको ढिलाई कारण २०७९ वैशाखमा सम्पन्न निर्वाचनको समिक्षा गर्न हेटौंडामा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

पार्टीले स्थानीय तह केन्द्रीय समन्वय विभाग गठन गरेपछि पहिलो फटक हेटौंडामा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा स्थानीय तहमा वडा, पालिका, नगर र उपमहानगरमा उम्मेदवार भएका सम्पूर्णलाई उपस्थितिका लागि भनिएका सभापति लामाले बताउनुभयो ।
उहाँका अनुसार भेलामा स्थानीय तह निर्वाचनको विषयमा समिक्षा र अबको दिनमा तय गरिने मार्ग निर्देशनबारे छलफल हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*