प्रदेश सरकारका महत्वपूर्ण आयोजनाहरुको निर्माण कार्य अपेक्षा अनुरुप भएनः बागमती प्रदेशका अर्थमन्त्री काफ्ले

छहारी संवाददाता
भदौ २६, २०८१

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रदेश सरकारका महत्वपूर्ण आयोजनाहरुको निर्माण कार्य अपेक्षा अनुसारको नभएको बताउनुभएको छ ।

सोमबार हेटौंडा–६ स्थित युवा तथा खेलकुद मन्त्रालयको निर्माणाधिन गौरीटार रंगशाला, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको हेटौंडा–१० स्थित दुध पाउडर प्लान्ट र हेटौंडा ११ स्थित प्रादेशिक कृषि थोक बजारको अनुगमन पश्चात संचारकर्मीसंघ कुरा गर्दै उहाँले आयोजनाहरुको निर्माण कार्य गुणस्तरीय नभएको बताउनुभएको हो ।

प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको गौरीटार रंगशालाको फुटबल स्टेडियम निर्माण सम्पन्न नहुँदै चर्किएको पाइएको भन्दै उहाँले यो गम्भिर विषय रहेकोले हेलचेक्र्याई सह्य नहुने बताउनुभयो । मन्त्री काफ्लेले फुटबल खेल मैदानमा लगाइएको घाँस समेत उमार्न असमर्थ रहेकोप्रति आपत्ती जनाउँदै अर्कोपटक अनुगमनमा आउँदासम्म अहिले देखिएका समस्याहरु समाधान गर्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिनुभयो ।

तोकिएको काम ठिक ढंगले समयमै सम्पन्न गर्न निर्देशन दिँदै मन्त्री काफ्लेले मन्त्री अथवा कर्मचारी परिवर्त भइरहनु फरक विषय रहेकोले यो वा त्यो बहाना नचल्ने बताउनुभयो । उहाँले प्रणाली कहिले परिवर्तन नहुने भन्दै प्रणालीको विकास गर्ने तर्फ लाग्न निर्देशन दिनुभयो ।
हेटौंडा–६ स्थित गौरीटार रंगशालामा क्रिकेट र पौडीपोखरीको पनि निर्माण कार्य भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*