हेटौंडा ११ की एलिसा न्यौपानेको हत्या गरी फरार रहेका समिर खान पक्राउ

छहारी संवाददाता
भदौ १७, २०८१

हेटौंडा–११ नवलपुरकी २२ वर्षकी एलिसा भनिने अलिसा न्यौपानेको हत्या गरी फरार रहेका समिर खान भनिने चाँद खाँलाई प्रहरीले पक्राउ गरेको छ ।

भदौ १० गते सोमबार हेटौंडा–१० बसपार्कस्थित होटल रत्नामा न्यौपानेको हत्या गरी फरार रहेका ३२ वर्षका खानलाई सोमबार साँझ ६ बजेर १० मिनेटमा हेटौंडा–५ लट्टिनाथ मन्दिर एरियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले हत्यारा हेटौंडा–४ कमलडाँडा बस्ने खानलाई भाग्न सहयोग गरेको आरोपमा खानकी आमा ५५ वर्षकी सैरुन खान, श्रीमती २६ वर्षकी रुविना खातुनलाई घट्नाको अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।

यस्तै खानका ससुरा पर्साको बीरगन्ज महानगरपालिका–३० लालपर्साका ५६ वर्षका लालबाबु खाँ पैठान र जेठान ३० वर्षका फैयाज अहमदलाई पनि नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*