मकवानपुुरमा जङ्गली विषालु च्याउ सम्बन्धि पत्रकारहरुसंग अन्तरक्रिया

च्याउको छातामा गिर्खा गिर्खा देखिने, डण्ठीमा थैलो जस्तो हुने, झुसको मात्रा धेरै हुने, धेरै रङ्गीन हुने, भाँच्दा चोप वा दुध जस्तो पद्धार्थ निस्कने, काटेपछि रङ फेरिने च्याउ विषालु हुन्छन्ः विज्ञ
छहारी संवाददाता
साउन २४, २०८१

पछिल्लो समय विषालु च्याउको जोखिम देखिएको मकवानपुुरमा जङ्गली विषालु च्याउ सम्बन्धि पत्रकारहरुसंग अन्तरक्रिया गरिएको छ ।

बिहिबार जनस्वास्थ्य कार्यालय मकवानपुरले गरेको पत्रकारसंगको अन्तरक्रियामा गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानका विज्ञ डाक्टर शिव देवकोटाले विषालु च्याउ सम्बन्धि सरकारसंग वास्तविक डाटा समेत नरहेको बताउनुभयो ।

उहाँले तिनै तहका सरकारले स्थानिय स्तरमा कस्ता किसिमका च्याउहरु पाइन्छन्, तिनको प्रयोग उपयोगाी छ छैन भन्ने डाटा राख्नु जरुरी रहेको बताउनुभयो । अनि मात्र विषालु च्याउ चिन्ने तरिका, विषालु च्याउबाट हुने बेफाइदा लगायतको बारेमा सचेताना फैलाउन उपयुक्त हुने बताउनुभयो ।

नेपालमा हालसम्म १ हजार २ सय ९२ प्रजातिका च्याउ रहेको र ति मध्ये एक सय प्रजातिका च्याउ विषालु रहेको विज्ञ डाक्टर देवकोटाले बताउनुभयो । ति मध्ये पनि करीब १५ ओटा च्याउ अत्यन्तै विषालु रहेको उहाँले जानकारी दिनुभयो ।

कतीपय विषालु च्याउ र खान मिल्ने च्याउ उस्तै उस्तै हुने भएकाले चिन्न सजिलो नरहेको बताउँदै उहाँले अधिकांस माटोमा हुने एमानिटा प्रजातीको च्याउ विषालु हुने जानकारी दिनुभयो । च्याउको छातामा गिर्खा गिर्खा देखिने, डण्ठीमा थैलो जस्तो हुने, झुसको मात्रा धेरै हुने, धेरै रङ्गीन हुने, भाँच्दा चोप वा दुध जस्तो पद्धार्थ निस्कने, काटेपछि रङ फेरिने च्याउ विषालु हुने उहाँको भनाई छ ।

च्याउ विज्ञ सहितको टोलीले मकवानपुरका राक्सिराङ, कैलाश लगायतका पालिकामा गएर स्थानीयलाई विषालु च्याउको बारेमा सचेतना प्रदान गरेको थियो । नेपालका मकवानपुर सहित चितवन, पाल्पा, गुल्मी, अर्घाखाँची, सल्यान दाङ र इलाममा अत्याधिक विषालु च्याउ पाइने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*