सौन्दर्यकर्मी युनियन हेटौंडाको अध्यक्षमा सिटौला चयन
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल हेटौंडा उपमहानगर कमिटिको अध्यक्षमा सम्झना सिटौला चयन हुनु भएको छ ।
हेटौंडामा भएको सौन्दर्यकर्मीहरुको भेलाले सिटौलाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रुपा अर्याल, सचिव लक्ष्मी उप्रेती मैनाली, सहसचिव सुभद्रा खड्गे, कोषाध्यक्ष सुनिता मानन्धर चयन हुनुभएको छ ।
सौन्दर्यकर्मी युनियनका केन्द्रीय महासचिव सुजना जोशीको प्रमुख आतिथ्यतामा भएको भेलाले नयाँ कार्यसमिति चयन गरेको हो । संघले सौन्दर्यकर्मीहरुको क्षमता विकासका लागि नयाँ तालिमहरु सञ्चालन गर्ने नवनिर्वाचित अध्यक्ष सिटौलाले बताउनुभयो ।