नेवाः गुठी खलः हेटौंडाको अध्यक्षमा युवा व्यवसायी श्रेष्ठ चयन

छहारी संवाददाता
साउन १९, २०८१

नेवाः गुठी खलः हेटौंडाको अध्यक्षमा हेटौंडा जेसिजका अध्यक्ष तथा युवा व्यवसायी विकेशलाल श्रेष्ठ चयन हुनुभएको छ ।

नेवाः गुठी खलः को एक वर्षअघि गठित तदर्थ समितीका संयोजक रहनुभएका श्रेष्ठ शनिबार सम्पन्न नगर कमिटी भेलाबाट अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।

नगर भेलाले श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षमा शिवनारायण श्रेष्ठ, सचिव शिव कुमार श्रेष्ठ, कोषाध्यक्ष सुरक्षा राजथला, सहसचिव विक्की खड्गे चयन हुनु भएको हो ।

यस्तै सदस्यहरुमा इशा मानन्धर, विपिन ताम्राकार, निराजनमान श्रेष्ठ, सागर श्रेष्ठ, राज खड्गी, उज्जवल राज शाक्य, अपिल खड्गे, सुनकेशरी श्रेष्ठ, राजक शाही र अमित श्रेष्ठ चयन हुनुभएको छ ।

अध्यक्ष चयन भएपछि संचाकर्मीसंग कुरा गर्दै श्रेष्ठले नेवाः सम्पदा, संस्कृति र परम्पराको जगेर्ना गर्न आफ्नो महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

लियो लायन्स लगायत विभिन्न संघसंस्थामा आवद्ध श्रेष्ठ मकवानपुर उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य समेत हुनुहुन्छ । अग्रगती बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष समते रहनुभएका श्रेष्ठ सामाजसेवीको रुपमा परिचित हुनुहुन्छ ।

श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । नेवाः गुठी खलः मकवानपुरका अध्यक्ष अनिल खड्गेको विशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*