टेलिचलचित्र “के ताल भो के ताल भो” अझ परिस्कृत र परिमार्जित हुँदै

छहारी संवाददाता
साउन १५, २०८१

टेलिचलचित्र “के ताल भो के ताल भो”को टिमले अझ परिस्कृत र परिमार्जित शृंखलाहरु लिएर आउने बताएको छ ।

चार ओटा शृंखला प्रसारण गरिसकिएको झलझली मल्टिक्रियशन म्युजिक स्टुडियोले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आगामी दिनमा थप नयाँपन दिने बताएको हो । मकवानपुर जिल्लाको पहिलो स्याटालाइट टेलभिजन नेशनल गोल्ड एचडी टेलिभिजन मार्फत प्रसारण भइरहेको यस टेलिचलचित्रले हास्य व्यङग्यमा आधारित रहेर सामग्री प्रस्तुत गरिरहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै टेलिचलचित्रका पटकथा लेखक आशाकाजी श्रेष्ठले स्थानिय स्तरमा पनि टेलिचलचित्रहरु बनाउने आफुहरुको सपना लामो पर्खाइपछि पुरा भएको बताउनुभयो ।

पत्रकार सम्म्मेलनमा बेल्दै नेशनल गोल्ड एचडी टेलिभिजनकी स्टेशन को–अडिनेटर सरला अधिकारीले नयाँ केहि गर्ने सोच बनाइरहेका बेला झलझली मल्टिक्रियशनले ल्याएको प्रस्ताव मन परेर सहकार्य गरेको बताउनुभयो । उहाँले नेशनल गोल्ड एचडी टेलिभिजनले विभिन्न समाचारमुलक सामग्री, अन्तवार्ताहरु प्रसारण गरिरहेको जानकारी दिँदै आफ्ना दर्शकहरुलाई मनोरञ्जन दिनका लागि यो सहकार्य गरिएको बताउनुभयो ।

टेलिचलचित्र “के ताल भो के ताल भो” हरेक शुक्रबार बेलुकी ८ बजेको न्युज अफ द डे पछाडी अर्थात ८ः३० बजे प्रसारण हुँदै आएको छ । यो टेलिचलचित्र युट्युव च्यानल के ताल भो के ताल भो मार्फत पनि हेर्न सक्नुहुन्छ ।

“के ताल भो के ताल भो” का निर्देशक दिल कुमार लामाले टेलिचलचित्रका बारेमा प्रकाश पार्नु भएको पत्रकार सम्मेलनमा पत्रकार महासंघ मकवानपुरका कार्यबाहक अध्यक्ष ध्रुव अधिकारीको आतिथ्यता रहेको थियो ।

पत्रकार सम्मेलनमा छायांकन, सम्पादक विनोद कुमार बानियाँ, कलाकारहरु कुमार शाह, पुजा रुम्बा, माया घलान, सुशिला परियार, सन्तोष, भट्टराई, कल्पना घिमिरे, सरस्वती घताने, कुमार थिङ्ग, श्याम लामा लगायतको उपस्थिती रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*