बागमतीका मुख्यमन्त्री लामाले श्रावण १५ गते विश्वासको मत लिने
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले यहि श्रावण १५ गते मंगलबार विश्वासको मत लिनुहुने भएको छ ।
उहाँले प्रदेशसभा सचिवालयलाई नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि सदन आह्वान गरिदिन आग्रह गर्नुभएको हो ।
त्यसैबमोजिम सभामुख भुवनकुमार पाठकले साउन १५ गते मंगलबार दिउँसो ३ बजेका लागि बैठक आह्वान गर्नुभएको हो । नेपाली कांग्रेसको ३७ र एमालेको २७ सांसद्को समर्थनमा मुख्यमन्त्री बन्नुभएका सिंहले शनिबार मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो । उहाँको मन्त्रिमण्डलमा १४ मन्त्री सहभागी छन् ।