हेटौंडाका २ विद्यालयबाट पाँच जना नक्कली परीक्षार्थी पक्राउ

डिप्लोमा प्रमाण पत्र तहको निःशुल्क छात्रवृत्तिका लागि भएको छनोट परीक्षामा सहभागी पाँच जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।
छहारी संवाददाता
साउन १२, २०८१

हेटौंडाका २ विद्यालयबाट पाँच जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

शनिबार डिप्लोमा प्रमाण पत्र तहको निःशुल्क छात्रवृत्तिका लागि भएको छनोट परीक्षामा सहभागी पाँच जना नक्कली परीक्षार्थी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । हेटौंडा –४ मा रहेको भुटनदेवी मावि परीक्षा केन्द्रबाट ४ जना र हेटौंडा–२ मा रहेको सिद्धार्थ मावि परीक्षा केन्द्रबाट १ जना नक्कली परीक्षार्थी पक्राउ परेका उहाँले बताउनुभयो ।

प्रहरी प्रवत्ता भण्डारीका अनुसार भुटनदेवी मावि परीक्षा केन्द्रबाट पक्राउ पर्ने बारा पर्वानीपुर नगरपालिका–२ का २० वर्षका नरेन्द्र महतोले रौतहट घर भएका १९ वर्षका असाव आलमको नाममा परीक्षा दिइरहेका थिए ।

यस्तै, चितवनको भरतपुर महानगरपालिका–८ का १५ वर्षका रुपेश यादवले १८ वर्षका निमेश राय यादवको नाममा परिक्षा दिइरहेका थिए भने सर्लाहीको विष्णु गाउँपालिका–७ का १८ वर्षका राजिव कुमार राउतले सिराहाका १८ वर्षका ललन कुमार यादवको नाममा परीक्षा दिइरहेका थिए ।
यस्तै भुटनदेवी मावि परीक्षा केन्द्रबाटए रौतहटको गरुडा नगरपालिका–२ का १८ वर्षका लालबाबु सहनीले सर्लाहीका १८ वर्षका सुनिल महतोको नाममा परीक्षा दिइरहेको फेला पारेको प्रहरीले जनाएको छ ।

यसैगरी सिद्धार्थ मावि परीक्षा केन्द्रबाट धनुषा उपमहानगरपालिका–१२ का २० वर्षका रमेश यादवलाई शंका लागेर सुरक्षा जाँच गर्दा बारा पचरौता गाउँपालिका–५ का राकेश कुमार ठाकुरको नाममा परीक्षा दिइरहेको फेला पारेको प्रहरी प्रवत्ता भण्डारीले जानकारी दिन्ुभयो ।
उनिहरुका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*