बागमती प्रदेशमा १३ मन्त्रालय, १४ मन्त्री

छहारी संवाददाता
साउन १२, २०८१

१३ ओटा मन्त्रालय रहेको बागमती प्रदेशमा एक मन्त्री थप भएका छन् ।

शनिबार ४ मन्त्रीले सपथ लिएसंगै बागमती प्रदेशमा अब मन्त्रीको संख्या १४ पुगेको छ । यससंगै प्रदेशको मन्त्रीमण्डलले पूर्णता पाएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले थप ४ मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो ।

मुख्यमन्त्री बहादुरसिंह लामाले नियुक्त गर्नुभएका नेपाली कांग्रेसका सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, हरिप्रभा खड्गी र विमल ठकुरीले नेपालको संविधानको धारा १७२ तथा मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन¸२०७५ को दफा १४ बमोजिम पद तथा गोपनीयताको सपथ लिनुभएको हो ।

लामिछानेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, महर्जनलाई युवा तथा खेलकुद मन्त्रालय, खड्गीलाई सामाजिक विकास मन्त्रालय र ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

बुधवार नियुक्त हुनुभएका कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ भने श्यामबहादुर खड्काले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । मधुकुमार श्रेष्ठको भने जिम्मेवारी पछि तोकिनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*