मुलुकमा युवा नीति र युवा मैत्री सरकार चाहिएको छः सभामुख घिमिरे

छहारी संवाददाता
साउन १०, २०८१

सभामुख देवराज घिमिरेले मुलुकमा युवा नीति र युवा मैत्री सरकार चाहिएको बताउनु भएको छ ।

बिहिबार हेटौंडामा आयोजित युवा परिषद् बागमती प्रदेशको युवा सीप वर्ष २०८१ अन्तरगत संचालित निःशुल्क सीप विकास तालिमहरु दिक्षान्त समारोह (प्रमाण–पत्र) वितरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

सिप र क्षमता युक्त युवा उत्पादन गरेको देश समृद्ध बन्ने भन्दै सभामुख घिमिरेले विकास निर्माणका काममा सरकारले युवालाई अगाडी बढाउनुपर्ने बताउनुभयो । अहिले पनि युवालाई आकर्षित गराउने काममा कमी रहेको उहाँको भनाई थियो ।

बागमती प्रदेश युवा परिषद्को आयोजनामा सञ्चालन भएका विभीन्न प्रकारका तालिममा सहभागी मकवानपुर, चितवन र सिन्धुली जिल्लाका करीब दुई हजार युवालाई हेटौंडामा एकै पटक प्रमाणपत्र वितरण गरिएको हो ।

बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाइको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बर्तौला, बागमती प्रदेशका संस्थापक पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका निबर्तमान आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ लगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*