जनतालाई सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्छुः मुख्यमन्त्री लामा

छहारी संवाददाता
साउन ९, २०८१

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिङ लामाले जनतालाई सुशासनको प्रत्याभूति दिलाउने गरी सरकारको कामकाज अघि बढाउने बताउनु भएको छ ।

बुधवार पदभार ग्रहण पश्चात सञ्चारकर्मीहरूसंग कुरा गर्दै मुख्यमन्त्री लामाले सुशासन र वित्तीय अनुशासन कायम गरी गरिब निमुखा जनताको लागि प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रहरूमा प्राथमिकता दिएर काम गर्ने बताउनुभयो । प्रदेश सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी गरी नागरिकको आयआर्जन बृद्धिमा जोड दिने मुख्यमन्त्री लामाले बताउनुभयो ।

मुख्यमन्त्री लामाले प्रदेशको एकल अधिकारलाई सुनिश्चित गर्ने सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । संघ, प्रदेश र स्थानीय तहको कानुनलाई समन्वयकारी बनाएर आर्थिक समृद्धिमा अगाडि बढ्ने उहाँको भनाई छ । राजनीतिक स्थायित्वका लागि वर्तमान गठबन्धन सरकारले उपलब्धिमूलक काम गर्ने मुख्यमन्त्री लामाको दाबी थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*