बागमतीका नवनियुक्त मुख्यमन्त्रीसहित नौ मन्त्रीले लिए पद तथा गोपनियताको सपथ

छहारी संवाददाता
साउन ९, २०८१

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्रीसहित नौ मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।

बुधबार प्रदेश प्रमुख कार्यालयमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री बहादुर सिंङ लामा सहितका अन्य नौ मन्त्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको हो । उहाँहरुलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।

नवनियुक्त मुख्यमन्त्री लामाले नेकपा एमालेबाट ६ र नेपाली कांग्रेसबाट ३ जनालाई विभिन्न मन्त्रालयको जिम्मेवारी दिई नयाँ मन्त्रीमण्डल गठन गर्नुभएको हो । नेकपा एमालेका प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।

यस्तै नेपाली कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का, मधु कुमार श्रेष्ठको भने जिम्मेवारी तोकिएको छैन । नवनियुक्त मन्त्रीहरुलाई पनि प्रदेश प्रमुख शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो ।

नेपाली कांग्रेसको ३७ र नेकपा एमालेको २७ सहित ६४ सांसद्को समर्थनमा नेपालको संविधानको धारा १६८ को २ बमोजिम कांग्रेस प्रदेश संसदीय दलका नेता लामा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*