चितवनको आरम्भ कलेज, छोटो समयमै विद्यार्थी र अभिभावकको मन जित्न सफल
चितवनको भरतपुर महानगरपालिका ११ मा रहेको आरम्भ कलेजले छोटो समयमै विद्यार्थी र अभिभावकको मन जित्न सफल भएको दाबी गरेको छ।बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी कलेजले यस्तो दाबी गरेको हो ।
कार्यक्रममा कलेजका प्रिन्सीपल सुरज सिवाकोटीले स्थापनाको दोस्रो वर्षमा आइपुग्दा विद्यार्थी र अविभावकको उत्साह देखेर अत्यन्तै खुसी लागेको बताउनुभयो । उहाँले बीआइएम (ब्याचलर अफ इन्फर्मेसन म्यानेज्मेन्ट) र बीएचम (ब्याचलर अफ होटल म्यानेज्मेन्ट)का विषयमा जानकारी दिन विभिन्न स्थानमा कार्यक्रमहरु गरिरहेको बताउनुभयो ।
कलेजले आकर्षक छात्रवृत्तिका साथ पढाईलाई गुणस्तरीय बनाउँदै लगेको जानकारी दिँदै प्रिन्सीपल सिवाकोटीले स्थापनाकालमा एक करोड ३१ लखको छात्रवृति दिएको कलेजले अहिले दोस्रोवर्ष पनि २५ जनालाई ५० हजारका दरले छात्रवृति प्रदान गर्ने जानकारी दिनुभयो । उहाँले बीआइएम र बीएचएम र अध्ययनका लागि हेटौंडाबाट जाने विद्यार्थीलाई बिशेष छुट दिने पनि बताउनुभयो ।
कार्यक्रममा कलेजका बिएचएम कार्यक्रम प्रमुख दिपेन्द्र सुवेदीले पढ्दै कमाउदै भन्ने नारालाई सार्थकता दिँदै अघि बढेको कलेजमा पहिलो वर्ष जस्तै स्थापनाको दोस्रो वर्षमा पनि सतप्रतिशत विद्यार्थी भर्ना गर्ने लक्ष्य राखेको बताउनुभयो । करिब २५० विद्यार्थी अध्ययनरत रहेको कलेजका करिब २ दर्जन विद्यार्थीले पार्ट टाइम काम पनि गरिरहेको उहाँले जानकारी दिनुभयो ।
कलेजले बीएचएमका लागि ७ लाख ५० हजार र बीआइएमका लागि ६ लाख रुपैयाँ शुल्क निर्धारण गरेको जनाएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले बीआईएम र बीएचएम संकायका कार्यक्रमबाट प्रविधि र होटल व्यवस्थापनमा विद्यार्थीहरुलाई पूर्ण रुपमा योग्य, सक्षम र सफल बनाउने विश्वास लिएको र विद्यार्थी अनुकूल वातावरणमा अध्यापन गराइरहेको जनाएको छ ।
पत्रकार सम्मेलनमा कलेजका निर्देशक बाबुराम पौडेल, देवराज दाहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, पत्रकार महासंघ मकवानपुरका कार्यवहाक अध्यक्ष ध्रुव अधिकारी लगायतको आतिथ्यता रहेको थियो । कलेजमा करिब २५० विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ ।