बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलद्वारा राजीनामा

माओवादी केन्द्र अब सशक्त र रचनात्मक प्रतिपक्षको भूमिकामा रहन्छः मुख्यमन्त्री जम्कट्टेल
छहारी संवाददाता
साउन ६, २०८१

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिनुभएको छ ।

आइतबार बसेको प्रदेशसभा बंठकमा नयाँ समिकरण अनुसार सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने घोषणा गरेर बाहिरिनु भएका मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई आफ्नो राजीनामा बुझाउनु भएको हो ।

प्रदेशसभामा मुख्यमन्त्री जम्कट्टेलले नयाँ राजनीतिक संस्कारको विकासका लागि आफुले विश्वासको मत नलिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने निर्णय गरेको बताउनु भएको थियो ।

बैठकमा मुख्यमन्त्री जम्कट्टेलले दुई ठूला दलको समिकरण अनुसार नयाँ सरकार बनाउने स्थिती बनिसको अवस्थामा आफुले लिने विश्वासको मतले सार्थकता नपाउने जिकिर गर्नुभएको थियो । उहाँले माओवादी केन्द्र अब सशक्त र रचनात्मक प्रतिपक्षको भूमिकामा रहने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*