नयाँ समिकरण अनुसार सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने मुख्यमन्त्री जम्कट्टेलको घोषणा

माओवादी केन्द्र अब सशक्त र रचनात्मक प्रतिपक्षको भूमिकामा रहनेछः मुख्यमन्त्री जम्कट्टेल
छहारी संवाददाता
साउन ६, २०८१

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नयाँ समिकरण अनुसार सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने घोषणा गर्नु भएको छ ।

आइतबार दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले नयाँ राजनीतिक संस्कारको विकासका लागि आफुले विश्वासको मत नलिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने निर्णय गरेको बताउनु भएको हो ।

मुख्यमन्त्री जम्कट्टेलले दुई ठूला दलको समिकरण अनुसार नयाँ सरकार बनाउने स्थिती बनिसको अवस्थामा आफुले लिने विश्वासको मतले सार्थकता नपाउने जिकिर गर्नुभयो । उहाँले माओवादी केन्द्र अब सशक्त र रचनात्मक प्रतिपक्षको भूमिकामा रहने बताउनुभयो ।

मुख्यमन्त्री जम्कट्टेलले सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने घोषणा गरेसंगै प्रदेशसभाको सम्पूर्ण कार्यसूची हटाइएको प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*