नेपालमा अब संघियता रहनेमा आशंका छः मुख्यमन्त्री जम्मकट्टेल

प्रधानमन्त्री ओलीले प्रदेश सरकार के को सरकार भनी थर्काउनुभयोः मुख्यमन्त्री जम्मकट्टेल
छहारी संवाददाता
साउन ६, २०८१

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले अब नेपालमा संघियता रहनेमा आशंका पैदा भएको बताउनु भएको छ ।

आइतबार आफ्नो नेतृतत्वमा भएका कामहरु विवरण समेटिएको पुस्तक सार्वजनिक गर्ने क्रममा पत्रकारहरुको जिज्ञासामा उहाँले देशमा संघियता रहन्छ कि रहँदैन भन्नेमा आशंका व्यक्त गर्नुभएको हो । नेकपा एमाले र नेपाली कांग्रेसको पछिल्लो समिकरण र प्रधानमन्त्री केपी शर्मा ओलीको विगतका अभिव्यक्तिले संघियता रहने नरहनेमा गम्भिर आशंका पैदा गरेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले एक कार्यक्रममा आफुहरुसंग एउटै सरकार संघिय सरकार हो भन्दै प्रदेशलाई सरकार नमान्ने अभिव्यक्ति दिएको मुख्यमन्त्री जम्मकट्टेलले बताउनुभयो । डोरमणी पौडेल र आफु सहभागी धादिङ्गको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रदेश सरकार के को सरकार भनी थर्काएको बताउनुभयो ।

आइतबार मुख्यमन्त्री कार्यालयमा कार्यक्रम आयोजना गरी उहाँले आफ्नो डेढवर्षे कार्यकालमा आफु मातहतका मन्त्रालयहरु मार्फत भएगरेका कामको विवरण समेटिएको पुस्तक सार्वजनिक गर्नुभएको हो । मुख्यगरी १३ बुँदामा समेटिएको उक्त पुस्तक सार्वजनिक गर्दै मुख्यमन्त्री जम्मकट्टेलले बिशेषगरी पूर्वाधारको क्षेत्रमा धेरै काम गरिएको जानकारी दिनुभयो ।

आफ्नो कार्यकालमा थुप्र नीतिगत कामहरू गरेकोे जानकारी दिदैँ मुख्यमन्त्री जम्मकट्टेलले संगठन संरचना पास गर्नुका साथै जिल्लाहरू मार्फत सेवा केन्द्रबाट आम जनतालाई सेवा दिइरहेको बताउनुभयो ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, कृषि तथा पशुपन्छी विकास मन्त्री डा.राजेन्द्रमान श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री रमा आलेमगरले संयुक्त रूपमा प्रदेश सरकारले गरेका प्रमुख कार्यहरूको पुस्तिका सार्वजनिक गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*